शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको अधिनायकवादबिरुद्ध लोकतान्त्रिक शक्तिहरु एक हौँ : सभापति देउवा

शनिबार, १८ माघ २०७६, १८ : ५२
शनिबार, १८ माघ २०७६

बुटवल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यतामाथि कहीकतैबाट आघात पु¥याउने कार्य गर्न नहुनेमा जोड दिएका छन् ।  प्रदेश नं ५ को प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनको १३ औँपुण्य तिथिमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ स्थित टिकुलीगढमा आज आयोजित श्रद्धाञ्जलिसभामा उनले प्रेस स्वतन्त्रतामा समेत कहीबाट हस्तक्षेप गर्न नहुने बताए । 

 सरकारले दुई तिहाइको बलमा जनताको अधिकार खोसेर लोकतान्त्रको मुल्य र मर्ममाथि नै प्रहार गर्ने गरी विभिन्न बिधेयक ल्याएको उनले बताए । कम्युनिस्ट सरकारको अधिनायकवादबिरुद्ध लोकतान्त्रिक शक्तिहरु एक भएर अगाडि बढ्नुपर्नेमा देउवाले जोड दिए ।

सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा हुने आन्दोलनप्रति काँग्रेसको सर्मथन रहने उल्लेख गर्दै पोखरेलको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको चर्चा गरे ।

यस्तै महामन्त्री डा शशांक कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा स्व पोखरेलको योगदानको कदर हुने उल्लेख गरे । 

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्ने व्यक्तित्व भएको  योद्धा पोखरेलाई पार्टीले गुमाएकोमा चिन्ता व्यक्त गरे । 

कार्यक्रममा प्रतिनिधिसभा,सार्वजनिक लेखा समितिका सभापति भरत शाह, सांसद प्रमोद यादव, काँग्रेसका नेता वीरेन्द्र कनौडिया, भूवनप्रसाद श्रेष्ठ, वीरबहादुर राना लगायतले इमान्दार कार्यकर्ताको योगदानले काँग्रेस अहिलेको अवस्थामा आएको बताए ।

प्रदेशसभामा विपक्षी दलका नेता पोखरेलको गत माघ ६ गते  ८२ वर्षको उमेरमा निधन भएको थियो । विसं २०१४ मा नेपाली काँग्रेसमा आबद्ध भई विसं २०१७ देखि विसं २०२१ सम्म जेल जीवन व्यतित गरे थियो ।

 भूमिगत राजनीतिक जीवनको समेत अनुभव हासिल गरेका पोखरेल विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिइ प्रवासबाट फर्केर पार्टीमा क्रियाशील भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप