शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा एकको मृत्यु

शनिबार, १८ माघ २०७६, १७ : ४६
शनिबार, १८ माघ २०७६

भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा१३च १०५० नंको सामान बोक्ने गाडी गएराति आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
 
दुर्घटनामा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल कासुलाको जनस्वास्थ्य अस्पताल च्यामासिंहमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले सवारी साधन र चालक वडा नं ६ बस्ने ३८ वर्षीय राधेश्याम लवजुलाई पक्राउ गरेको र मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप