नेपाल भ्रमण वर्षको जेनेभामा प्रवर्द्धन
नेपाल भ्रमण वर्षलाई सफल तुल्याउने सन्दर्भमा अन्तरराष्ट्रिय जगत्मा नेपालको सकारात्मक छवि प्रस्तुत गर्न हालै जेनेभामा ‘नेपाल भ्रमण वर्ष २०२०ः नेपाल–स्वीट्जरल्याण्ड दिगो पर्यटन प्रवद्र्धन’ शीर्षकमा छलफल आयोजना गरिएको छ ।
स्वीस विकास सहयोग नियोग, परराष्ट्र मन्त्रालयको सङ्घीय विभाग तथा नेपालको विकासका साझेदार संस्था, गैरआवासीय नेपाली सङ्गठन, स्वीस विद्वतवर्गलगायत १०० जनाको उपस्थितिमा भएको उक्त कार्यक्रममा सगरमाथा आरोहण गरेका र स्वीट्जरल्याण्डमा ‘झिल्के दाइ’का उपनामले चिनिने क्लाउडियो पेरुयाचिनीले सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका हिमालय आरोहण गरेको स्मरण सुनाउँदै एक पटक नेपाल भ्रमण गर्नैपर्ने उत्प्रेरणात्मक अभिव्यक्ति दिनुभएको जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
त्यस अवसरमा जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरुका लागि स्थायी नेपाली प्रतिनिधि मणिप्रसाद भट्टराईले जैविक, सांस्कृतिक, धार्मिक, विविधतायुक्त हिमालयको काँखमा अवस्थित नेपाल भ्रमण गरेर जीवनभर भुल्न नसकिने अनुभूत गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश दिक्पाल र पूर्वका देवता इन्द्र
-
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने