अमेरिकाले हालसालै चीनको भ्रमण गरेका विदेशीलाई भिषा नदिने घोषणा, निर्णयप्रति चीनको आपत्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कोरोनाभाइरसको प्रकोपलाई जनस्वास्थ संकटकाल घोषणा गरे ।
घोषणा अन्तर्गत चीन भ्रमण गरेर फर्किएका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
पछिल्लो दुई हप्ताभित्र चीनको भ्रमण गरेका विदेशीका हकमा यो नियम लागु हुनेछ र यो नियम अल्पकालिन समयका लागि मात्र हो ।
तर अमेरिकी नागरिक तथा तिनको निकटवर्ती विदेशी नातेदारलाई भने यो प्रतिबन्ध लागु हुनेछैन ।
चीनले अमेरिकाको उक्त कदमप्रति असन्तुष्टि जनाएको छ । कठिनाइबाट गुर्जिरहेको देशप्रति अमेरिकाको कदमले कसैलाई फाइदा नहुने चीनले टिप्पणी गरेको छ ।
‘विश्व स्वास्थ संगठनले यात्रा प्रतिबन्ध नलगाउन सुझाव दिइरहदाँ पनि अमेरिकाले त्यसको उल्टो मार्ग लिन हतारियो । यो सद्भावपूर्ण कदम होइन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्यीङले भने ।
अमेरिकी विदेश मन्त्रालयले यस अघि नै विदेश यात्रामा जान चाहने आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न सुझाव दिएको थियो ।
शुक्रबार नै विश्व स्वास्थ संगठनले कोरोनाभाइरस प्रकोपलाई विश्वव्यापी स्वास्थ संकटकाल घोषणा गरेको थियो ।
तथापि विश्व स्वास्थ्य संगठनले विश्वका सम्पूर्ण देशले तिनको देशभित्र प्रकोप फैलिन नदिन काम गर्नुपर्ने बताए पनि यात्रु आवगमन रोक्नुपर्ने अवस्था नरहेको सुझाव दिएको छ । चीनले कोरोनाभाइरसको प्रकोप रोक्नको लागि विद्यालय र विश्वविद्यायललाई अर्को हप्तासम्मको लागि विदा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार