अन्ततः टुंगो लाग्यो ब्रेक्जिट : ४७ वर्षपछि बिछोडियो इयू-बेलायत सम्बन्ध (फोटो/भिडियो)

लन्डन । सन् २००८ को आर्थिक मन्दीबाट उठेको ब्रेक्जिट सम्बन्धी मुद्दा थुप्रै आरोह अवरोह पार गर्दै अन्ततः टुंगो लागेको छ ।
शुक्रबार राति अर्थात सन् २०२०, जनवरी ३१ तारिखदेखि बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा आलग भएसँगै युरोपियन युनियनको सदस्यताबाट समेत पूर्णरुपमा बाहिरिएको छ ।
अलग भएसँगै अब एघार महिना अर्थात ३१ डिसेम्बर २०२० सम्म संक्रमणकालिन अवधिको रुपमा रहनेछ । अलग्गिएको दिनलाई बेलायतवासीहरुले ठूलो उत्सवका रुपमा हर्षोल्लासकासाथ मनाएका छन् । संसद भवनबाहिर भव्य कार्यक्रम आयोजना गरियो जहाँ हजारौं सहभागी थिए ।
दिनभर ब्रेक्जिट पक्षधरहरु झण्डा बोकेर नारा लगाइरहेका थिए । त्यहाँको माहोल एकदम उत्लासमय देखिन्थ्यो । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिट अगाडि राति १० बजेदेखि ब्रेक्जिट काउन्ट डाउन गरिएको थियो । पार्लियामेन्ट स्क्वायरमा युनियनको झण्डाहरु फहराइएको थियो । सो क्रममा हजारौंको संख्यामा बेलायातवासीको भीड लागेको थियो ।
भिडियो हेर्नुहोस्
प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतवासीका नाममा विशेष सम्बोधन गर्दै अब नयां बिहानी शुरु भएको बताएका छन् । आजबाट ब्रेक्जिटको एउटा अध्याएको अन्त भएको छ भने अब अर्को अध्यायको शुरुवात भएको छ ।
ब्रेक्जिटलाई लक्षित गर्दै शुक्रबारबाट ‘शान्ति, समृद्धि र सबै राष्ट्रहरुसंग मित्रता’ पदावली उल्लेख भएको ५० पेन्सका तीस लाख ब्रेक्जिट स्मारक सिक्का निष्कासन गरिएको छ ।
बेलायती राजनीतिमा ब्रेक्जिटले निकै ठूलो हलचल मच्चाएको थियो । २३ जून २०१६ मा सम्पन्न जनमत संग्रहमा ब्रेक्जिटको पक्षमा मतदान भएपछि तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिएका थिए ।
क्यामरुन पश्चात प्रधानमन्त्री बनेकी टेरेजा मे पनि ब्रेक्जिटको पक्षमा बहुमत ल्याउने प्रयास बिफल भएपछि प्रधानमन्त्रीको पद त्याग्न बाध्य भइन् । टेरेजा मेपछि दलको नेता चुनिएर बेलायतको प्रधानमन्त्री बनेका बोरिस जोन्सनलाई पनि ब्रेक्जिटको मुद्दामा ठूलै संकट सामना गर्नु पर्यो । तोकिएको समयसीमाभित्र ब्रेक्जिट मुद्दालाई टुंगो लगाउन असफल भएपछि जोन्सनले १२ डिसेम्बर २०१९ मा मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।
उक्त निर्वाचनले भने सत्तारुढ कन्जरभेटिभ पार्टीलाई अत्यधिक सफलताका साथ ६५० निर्वाचन क्षेत्रमा ३६५ सिट दिलाउंदै स्पष्ट बहुमत दिलायो, जसले गर्दा ब्रेक्जिटको मुद्दा अगाडि बढाउन सहज बनेको थियो । सन् २०१९ मार्च २९ मा नै ब्रेक्जिट सम्पन्न भइसक्नुपर्ने भए पनि तेस्रो पटक म्याद थप गरेर २०२० को जनवरी ३१ मा पुर्याइएको हो ।
ब्रेक्जिटसंगै ईयूसँगको भन्सार नीति हट्नेछ र बेलायतले विश्वव्यापी रुपमा नयां व्यापार सम्झौता स्वतन्त्र रुपमा गर्न सक्नेछ ।
ब्रेक्जिटपछि बेलायतको अध्यागमन नीति पनि केहि सहज पार्दै अष्ट्रेलियामा जस्तो ‘पोइन्ट बेस्ड प्रणाली लागू गरिएको छ । तेस्तैगरी आउदो फेब्रुअरी २० तारिखबाट फाष्ट ट्रयाक ग्लोवल ट्यालेन्ट भिसा प्रणाली लागू गर्ने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री
-
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला