शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लक्षण देखानपरिकनै पनि वुहान भाइरसको संक्रमण सर्ने कुरा प्रमाणित

चीनले पहिल्यै भन्दा अमेरिकाले पत्याएन, अहिले बल्ल स्वीकार्यो !
शनिबार, १८ माघ २०७६, ०० : ०८
शनिबार, १८ माघ २०७६


वुहानबाट देखापरेको कोरोनाभाइरसको सक्रमण तीब्र रुपमा फैलिँदै गएपछि गत हप्ता  चिनियाँ अधिकारीहरुले वुहान कोरोनोभाइरस लक्षण देखापरिकनै मानिसबाट मानिसमा सर्ने घोषणा गरेका थिए । तर त्यो कुरालाई संसारभरिनै शंकाको दृष्टिकोणले हेरियो, कतिले त हावादारी भनेर गिल्ला नै पनि गरे । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि त्यस्तो कुराको प्रमाण नभएको भनेका थिए । तर अन्ततः त्यो कुरा त साँचो नै रहेछ । वास्तवमै यो नयाँ भाइरस त मानिसबाट पनि मानिसमा लक्षणहरु देखानपरिकनै, थाहा नै नपाइकनै पनि सर्दो रहेछ ।

त्यो कुराको पुष्टि जर्मनमा गरिएको एक अध्ययन रिपोर्टबाट भएपछि ‘ंक्रमण गराउने रोगहरुसम्बन्धी अमेरिकाका  शीर्षस्थ डाक्टरले नै पनि  मानिसहरुले लक्षण देखानपरिकनै वुहान भाइरसको संक्रमण सार्ने कुरामा कुनै शंका बाँकी नरहेको बताएका हुन् ।

अमेरिकाका नेशनल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेजका डाइरेक्टर एन्थोनी फाउसीले उक्त कुरा बताएका हुन् । ‘त्यो अध्ययन रिपोर्ट पढेपछि यो कुरामा कुनै पनि शंका छैन कि लक्षण देखानपरिकनै पनि वुहाने कोरोनोभाइरसको संक्रमण हुन सक्छ’ भन्दै फाउसीले भनेका छन्, ‘यो अध्ययनले त्यो प्रश्नमा विराम लगाइदिएको छ ।’

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित उक्त अध्ययनमा जर्मनका अनुसन्धाकर्ताहरुले चार जना व्यवसायीहरु लक्षण देखानपरेकै अवस्थामा उक्त भाइरसको संक्रमणको शिकार बनेको जनाएका छन् ।

उक्त अध्ययनमा सहलेखक रहेका तथा जर्मनीका संक्रमणकारी रोगहरुसम्बन्धी विशेषज्ञ डा. क्यामिल्ला रोथले सिएनएनलाई बताएअनुसार, ‘तिनीहरु एउटा वर्कसपमा साथसाथै थिए, तिनीहरु कम्पनीको क्यान्टिनमा साथसाथै गए ।’

सांघाईका एक जना महिलाले गत जनवरी २० का दिन जर्मनको म्युनिख नजिको कम्पनीमा जर्मन व्यवसायीहरुलाई भेटेका थिए । आफ्नो जर्मन भ्रमणको दौरानमा ती महिला स्वस्थ थिइन् । तर तिनै महिलाबाट ती जर्मन व्यवसायीहरुमा संक्रमण सर्यो ।

आठ दिनभित्र, कम्पनीका चार कर्मचारीहरुमा वुहान भाइरसको संक्रमण भएको पत्ता लाग्यो । ती मध्ये कोही पनि गम्भीर रुपमा बिरामी त भएनन् तर तिनीहरुले त्यो संक्रमण कसैलाई पनि सार्न सक्छ र त्यो प्राणघातक हदसम्म जटील हुन सक्छ भन्ने चिन्ता पैदा भएको फाउसीले बताए । 

फोटो र तथ्यस्रोत:  सिएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप