मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलमा ओपीडी निःशुल्क हुँदा बिरामीलाई राहत

शुक्रबार, १७ माघ २०७६, २१ : ४९
शुक्रबार, १७ माघ २०७६

बिराटनगर । सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जी अनिवार्य काट्नुपर्छ । पुर्जीवापत बिरामीसँग अस्पतालहरुले १ हजार रुपैयाँसम्म लिने गर्छन् । बिराटनगर क्षेत्रका अधिकांश अस्पतालहरुले ५ सय रुपैंया हाराहारी लिने गरेका छन् । सरकारी अस्पतालमा पनि शुल्क तिर्नैपर्छ । तर, बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले ओपीडी निःशुल्क गर्दा बिरामीहरुलाई राहत मिलेको छ ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ओपीडी ‘फ्री’ हुँदा बिरामीहरुले विनाशुल्क बिशेषज्ञ डाक्टरसँग स्वास्थ्य परिक्षण गराउने अवसर पाएका छन् । पुर्जी निःशुल्क हुँदा धेरै राहत मिलेको बिरामीहरुको भनाई छ । सुनसरीको रामधुनीबाट उपचारका लागि नोबेल आइपुगेका हरिमान श्रेष्ठले पुर्जीको पैसा नलाग्दा सहज भएको बताए । ‘अन्त सवै तिरका अस्पतालमा पुर्जीको पैसा लाग्छ, बिराटनगरका अरु अस्पतालले पनि ५ सय रुपैयाँसम्म लिन्छन् । काठमाण्डौंमा त एक हजार रुपैयासम्म पर्छ ।’ उनले भने ‘नोबेलमा पुर्जीको पैसा तिर्नु नपर्दा त्यहि पैसाले झण्डै औषधि किन्न पुग्छ ।’

यता, बिराटनगरकी सुसिला निरौलाले पनि पुर्जी निःशुल्क हुँदा सस्तोमा उपचार पाएको सुनाइन् । नोबेलले एक दशक अघि देखि पुर्जी निःशुल्क गर्दै आएको छ । जसका कारण गरिब तथा बिपन्न बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

       पैसा नभएका कारण ठुला अस्पतालमा जान नसक्ने गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी ओपीडी निःशुल्क गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘गरिब तथा बिपन्न बिरामीलाई बिशेषज्ञ डाक्टरसँग पुगेर राम्रो उपचार पाउने वातावरण निर्माणका लागि पुर्जी निःशुल्क गरेका हौं,’ डा.शर्माले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप