केन्द्रीय संस्करण

राजपा नेताहरुले बोलचाल नै बन्द गरेको उपेन्द्र यादवको गुनासो

person explore access_timeमाघ १७, २०७६ chat_bubble_outline0
File-photo

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पार्टी एकताको बहस लामो समयसम्म चलेपनि सम्भव भएको छैन् । पार्टी एकता गर्ने सन्दर्भमा पत्रहरु साँटासाँट भए पनि एकता सम्भव भएको थिएन । राजपाले पार्टी एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने शर्तअघि सारेपछि एकता प्रकृया अगाडि बढ्न सकेको थिएन् ।

तर, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले राजपाको शर्त अनुसार नै सरकारबाट बाहिरिएको भए पनि राजपाले बोलचाल नै बन्द गरेको आरोप लगाए । नेपाल मधेशी निजामति कर्मचारी मञ्चको १३ औं स्थापना दिवकसा अवशरमा यादवले पार्टी एकताका लागि भनेर राजपाको शर्त अनुसार सरकार त्यागे पनि अहिले कुरा नै हुन नसकेको बताए ।

‘‘पार्टी एकताका सबै कुरा टुंगो लागेपनि साना प्राविधिक कुरामा त्यतिबेला रोकिएको थियो । राजपाले सरकार त्याग्नुपर्ने मुख्य शर्त राखेको थियो । तर अहिले सरकार त्यागेपछि राजपा भागिरहेको छ’, उनले भने, ‘सरकारमा हुँदा बोलचाल त हुन्थ्यो । तर अहिले भागे । खोज्दै गएको छु, पिछा गर्दै गएको छु भागिरहेका छन् ।’’

आफुहरुले सरकार छाडेको भोलिपल्ट एकता घोषणा हुने विश्वास लिए पनि भेटघाट नै बन्द भएको उनले बताए । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले द्वन्द्वकालमा एक अर्कालाई छातीमा गोली हान्ने एमाले र माओवादीको एकता सम्भव भएको अवस्थामा समाजवादी र राजपाको पनि एकता सम्भव रहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि पनि दुई पार्टीको एकता अनिवार्य रहेको उनले बताए । सत्तारुढ दलले अहिले दुई पार्टी सिस्टमको अवधारणा ल्याएको स्मरण हुँदै उनले भने, ‘काँग्रेस र कम्युनिस्टको विकल्प हामी दुवै पार्टी हो । जो मुलधारको राजनीतिमा आयौं । सबैले बलिदान दियौं यो संविधानको उपस्थिति छ, तर उपलब्धी छैन । यसलाई संस्थागत गर्नु छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई बचाउनको लागि पनि दुवै पार्टीको एकता आवश्यक छ ।’

उनले देशमा वैकल्पिक पार्टी निर्माणका लागि मधेशी पार्टीले मधेशको १० जिल्लामा मात्रै सिमित रहेर नुहने बताउँदै मधेशी पार्टीहरुले आदिवासी जनजाती खस आर्य उत्पीडन विभेदमा परेका समुदायहरुको एउटा वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले कम्युनिष्ट पार्टी र कांग्रेससँग विचार व्यवहार, नीति र सिद्धान्तमा परिवर्तनका लागि एकताका लागि हिमालबाट पार्टी उठ्नुपर्ने र मधेशमा पुग्नुपर्ने बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.