नेकपा बैठक : सात प्रदेश र चार समुहका नेताको रिपोर्टिङ सकियो
काठमाडौं । नेकपाको केन्द्रीय कमिटीको तेश्रो दिनको बैठकमा सातै प्रदेशका प्रदेश अध्यक्षहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गरेका छन् । साथै बैठकमा समुहगत रुपमा चार समुहका टोली नेताले पनि समूहगत छलफलको निश्कर्ष प्रस्तुत गरेका छन् ।
शुक्रबारको बैठकमा ७ भौगोलिक र तीन गैर भौगोलिकतर्फबाट पनि प्रस्तुति गरेका छन् । शुक्रबार नै छलफलका लागि गठित १५ समूह मध्ये ४ समूहका नेताहरुले पनि समूहको निश्कर्ष राखेका छन् ।
शनिबारको बैठकमा समूहगत छलफलको रिपोर्टिङ सकिने गरी छलफल भइरहेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
शुक्रबारको बैठकमा सात प्रदेशको रिपोर्टिङपछि सम्पर्क समन्वय कमिटी, प्रवास समन्वय कमिटी र उपत्यका विषेश कमिटीका अध्यक्षहरुले रिपोर्टिङ सकेका छन् । समूहगततर्फ टोली नेता कमला रोका २, दिनानाथ शर्मा ६, भगवती चौधरी ९ र लेखनाथ न्यौपानेले १३ औं समुहका नेता हुन् ।
नेता न्यौपानेले प्रस्तुत गरेको रिपोर्टमा नेताहरुको सम्पति छानविन गर्नुपर्ने र त्यसका लागि शक्तिशाली आयोग गठन गर्नु पर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण