नेकपा बैठक : सात प्रदेश र चार समुहका नेताको रिपोर्टिङ सकियो
काठमाडौं । नेकपाको केन्द्रीय कमिटीको तेश्रो दिनको बैठकमा सातै प्रदेशका प्रदेश अध्यक्षहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गरेका छन् । साथै बैठकमा समुहगत रुपमा चार समुहका टोली नेताले पनि समूहगत छलफलको निश्कर्ष प्रस्तुत गरेका छन् ।
शुक्रबारको बैठकमा ७ भौगोलिक र तीन गैर भौगोलिकतर्फबाट पनि प्रस्तुति गरेका छन् । शुक्रबार नै छलफलका लागि गठित १५ समूह मध्ये ४ समूहका नेताहरुले पनि समूहको निश्कर्ष राखेका छन् ।
शनिबारको बैठकमा समूहगत छलफलको रिपोर्टिङ सकिने गरी छलफल भइरहेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
शुक्रबारको बैठकमा सात प्रदेशको रिपोर्टिङपछि सम्पर्क समन्वय कमिटी, प्रवास समन्वय कमिटी र उपत्यका विषेश कमिटीका अध्यक्षहरुले रिपोर्टिङ सकेका छन् । समूहगततर्फ टोली नेता कमला रोका २, दिनानाथ शर्मा ६, भगवती चौधरी ९ र लेखनाथ न्यौपानेले १३ औं समुहका नेता हुन् ।
नेता न्यौपानेले प्रस्तुत गरेको रिपोर्टमा नेताहरुको सम्पति छानविन गर्नुपर्ने र त्यसका लागि शक्तिशाली आयोग गठन गर्नु पर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
-
जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री