शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्टार बन्छु भनेर अभिनयमा आएको होइन: निकिता

शुक्रबार, १७ माघ २०७६, १९ : ४८
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । पूर्व मिस नेपाल निकिता चाण्डक अहिले चर्चामा छिन् । उनको चर्चाको विषयमा फिल्म ‘साङ्लो’ अभिनय भएको छ । यो फिल्म अभिनयको कारणले उनी चारै तिर मिडियामा छाइरहेकी छन् । 

‘साङ्लो’ उनको अभिनयमा डेब्यु फिल्म हो । त्यसैले यो फिल्मबाट उनले हिट हुने सपना समेत देखेकी छन् । अभिनेतमा विराज भट्टको जोडीको रुपमा अभिनय गरेकी निकिताले फिल्म अभिनयमा आफ्नो रुचि मिस नेपाल भन्दा अगाडिको रहेको बताएकी छन् ।

केही दिन अगाडि फिल्म युनिटले आयोजना गरेको मिडियाकर्मी भेटघाट कार्यक्रममा अन्तर्वार्ता दिँदै निकिताले भनिन्, ‘मिस नेपाल भएपछि मेरो अभिनय सोच भएको होइन । अभिनयमा आउने सोच पहिले देखिनै थियो ।’ कार्यक्रममा उनले आफुमा मिस नेपाल बन्ने सोच भने अभिनय सोच भन्दा पछिको भएको सुनाइन् ।
  

यहि माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको निकिता एक्लो अभिनेत्री हुन् । विराज भट्को निर्माण तथा निर्देशन रहेको फिल्म हेरेपछि दर्शकले आफ्नो अभिनयको तारिफ गर्ने उनको अनुमान रहेको छ ।  मिस नेपालको उपाधि जितेपछि चलचित्रमा प्रवेशको बाटो खुलेको हो ? कार्यक्रममा एक पत्रकारको प्रश्न उनी तिर तेसिर्याे । ‘मिस नेपालले अभिनयको बाटो खुल्छ भन्ने सोचाइ गलत हो’ उनले उतरमा भनिन् ‘उपाधिले केहीहदसम्म अभिनय प्रवेशमा सजिलो भने बनाउँदो रहेछ ।

पहिले देखिकै रुचि भएकोले होमिएको बताएकी उनले भनिन् ‘ठूलो स्टार बन्छु भनेर अभिनयमा आएको होइन । सफलता असफलता दुबै मन्जुर छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप