कृष्णबहादुर महराबारे उच्चस्तरीय छानबिन गर्न नेकपाभित्र माग
काठमाडौँ । नेकपाको जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा तत्कालिन सभामुख कृष्णबहादुर महराको विषयमा पार्टीभित्रैबाट छानबिन गर्नुपर्ने माग उठेको छ ।
पार्टीमा भएको समूहगत छलफलका क्रममा महराको विषयमा नेकपा भित्रैबाट छानबिन गरेर जानुपर्ने आवाज उठेको हो ।
जारी बैठकमा ९ नम्बर समूहका सदस्यहरुले महरालाई बढि नै अन्याय भएको हुनसक्ने भन्दै पार्टीले आन्तरिक छानबिन गरेर न्याय दिनुपर्ने माग गरेका थिए ।
‘तत्कालिन सभामूख महरालाई जुन आरोप लागेको छ । त्यसबारे पार्टीभित्र उच्चस्तरीय छानबिन समिति गठन गरेर अघि बढ्नुपर्छ,’ एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘यसलाई बाहिर जति विवादको विषय बनाइएको छ । त्यो पार्टीभित्रबाटै सल्ट्याउनुपर्ने विषय हो ।’
९ नम्बर समूहको नेतृत्व केन्द्रीय सदस्य भगवती चौधरीले गरेकी छन् । तत्कालिन सभामुख महरा बलात्कार प्रयासको आरोपमा मुद्दा खेपिरहेका छन् ।
हाल उनी डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी