शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

कम चर्चा भएको तर खतरनाक अर्को भाइरस : अमेरिकामा डेढ करोड संक्रमित, ८ हजार बढीको मृत्यु

शुक्रबार, १७ माघ २०७६, १४ : ३९
शुक्रबार, १७ माघ २०७६

चीनको वुहानबाट उत्पत्ति भएको मानिएको नोवल कोरोनाभाइरस २०१९ ले यतिखेर संसारभरिमा ८ हजार बढीलाई संक्रमित तुल्याएको छ । मुख्यतः चीनलाई आक्रान्त बनाएको सो भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिँदै १७ भन्दा बढी देशमा पुगिसकेको छ भने विश्व  स्वास्थ्य संगठनले पनि यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।

अमेरिकामा मात्रै पाँच जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । संसारभरि नै सर्जिकल मास्क किन्नेहरुको लर्को लागेको छ, थुप्रै देशहरुले चीनसँगको आफ्नो हवाइ उडान रद्द गरिसकेका छन्, सीमाहरुमा कडीकडाउ तथा सीमा बन्द नै समेत गर्न थालिसकेका छन् ।

कोरोनाभाइरसको महामारीले छायामा पारिदिएको अर्को भाइरसले यो सिजनमा मात्रै अमेरिकामा मात्रै १ करोड ५० लाख मानिसहरुलाई संक्रमित तुल्याएको छ भने ८,२०० जनाको ज्यान लिइसकेको छ । तर यो कुनै नयाँ महामारी होइन, यो त वर्षेनी देखापर्ने इन्फ्लुएन्जा महामारी हो ।

अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्सियर डिजिजेजले सन् २०१९–२० को फ्लु सिजन दशककै सबैभन्दा खराब हुने आँकलन गरेको छ ।  १ लाख ४० हजार मानिसहरु यही फ्लुका कारण अस्पताल भर्ना भइसकेका छ । अहिले जाडो मौसम फ्लुको मौसम भएको कारण यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । टेम्पल युनिभर्सिटीको लेविज काट्ज स्कुल अफ मेडिसिनअन्तर्गत फेमिली एण्ड कम्युनिष्ट मेडिसिनका अध्यक्ष डा. मार्गो सभोयका अनुसार, यो फ्लू अमेरिकी जनजीवनमा लगातार देखिइबस्ने कारण कारण यसलाई कम आँक्नु खतरनाक हुनेछ ।’

‘जाडो महिनामा हामीलाई सताउने सबै भाइरसजन्य विरामीहरुलाई खाली चिसोको कारण हो भनेर हामी विशेष ख्याल गर्दैनौँ,’ उनी भन्छन्, ‘हामी इन्फ्लुएन्जा कति खतरनाक  छ भने गम्भीरतापूर्वक नै लिँदैनौं ।’ कतिसम्म भने अति कम आँकिएका मृत्युहरु पनि प्रत्येक वर्ष अत्यन्तै आश्चर्यजनक देखिएको छ, ‘सभोय भन्छिन् । 

द सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) को अनुमानमा प्रत्येक वर्ष करिब १२ हजार मानिसहरु अमेरिकामा मात्रै फ्लुका कारण मर्ने गर्छन् । सन् २०१७–२०१८ को फ्लु सिजनमा मात्रै करिब ६१ हजार मानिसहरु मरे भने ४ करोड ५० लाख मानिसहरु बिरामी परे ।

सन् २०१९–२०२० को सिजनमा मात्रै अहिलेसम्म १ करोड ५० लाख मानिसहरु संक्रमित भएका छन् र ८,२०० जना मरेका छन्, जसमा ५४ जना बालबालिका छन् । सीडीसीको रिपोर्टअनुसार, फ्लुको गतिविधि ११ हप्तामा बढेर गएको छ र यो आगामी कयौँ हप्तासम्म जारी रहने देखिएको छ ।

अमेरिन एकेडेमी अफ फेमिली फिजिसियनका बोर्ड अफ डाइरेक्टरर्समा समेत रहेका सभोयका अनुसार, नयाँ नयाँ संक्रमणहरु देखापर्दै जाँदा फ्लु छायाँमा पर्न स्क्छ । मानिसहरुमा फ्लुको खतराबारे कम भय वा डर छ किनभने स्वास्थ्यकर्मीहरुले यी संक्रमणहरुलाई ‘नियन्त्रणमा राखेको देखिएको’ छ ।

हामी नयाँ थाहा नपाइएका संक्रमणहरुसँग डराउँछौं र नयाँ तथा उदाउँदा संक्रमणहरुका  बारेमा जानकारी हासिल गर्न बढी नै उत्सुक हुन्छौँ,’ उनी भन्छन् । ‘हामी तुरुन्तै भन्न सक्दैनौँ कि कुन चाहिँ खतरा हो र कुन चाहिँ होइन, अत हामी आत्तिइहाल्छौ, जबकि धेरै जसो अवस्थामा त्यसरी आत्तिहाल्नु जरुरी नै हुँदैन ।’

फ्लु ज्यानमारा हुन सक्छ

युनिभर्सिट अफ मिन्नेसोटा मेडिकल स्कुलका पेडियाट्रिक सहायक प्रोफेसर डा. नाथन चोमिलोका अनुसार ‘फ्लुलाई हल्का रुपमा लिइँदा यसको गम्भीर असरलाई ओझेलमा पारिदिइरहेको हुन्छ , तर मानिसहरुले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

‘फ्लुका थुप्रै केसहरु सामान्य बिरामी मात्र हुँदैनन्,’ चोमिलो भन्छन्, ‘साँच्चैकै फ्लुले भेट्यो भने तपाईं दयनीय बन्नुहुन्छ ।’

फ्लुसँगै अन्य दोस्रो खालका संक्रमणहरु पनि भयो भने पहिल्यै कमजोर बनिसकेको इम्युन सिस्टमका कारण त्यो खतरनाक बन्न पुग्छ ।

ब्याक्टेरिया र भाइरसका संक्रमणहरुले फ्लुका लक्षणहरुलाई एकैठाउँमा बाँधिदिन्छ । जटील बिरामी भएकाहरुलाई फ्लुका जटीलताहरु हुने खतरा झनै बेसी हुन्छ ।

ती जटीलताहरुमा निमोनिया, मुटु र मस्तिष्कको जलन र अङ्ग काम नलाग्ने पनि हुन सक्छ, जुन कतिपय अवस्थामा मृत्यका कारण न बन्न सक्छ ।

चोमिलोका अनुसार, सन् २००९ को एचवानएनवाइ भाइरसको महामारी यता यस पटकको फ्लु सिजन उनले मिन्नेसोटामा अभ्यास गरेयताकै सबैभन्दा खराब रहेको छ । ३० उमेर आसपासका केही युवाहरुलाई फ्लुको कारण सिर्जित जटीलताका कारण गहन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको छ ।

भाइरस सधैं परिवर्तन भइरहेको हुन्छ

इन्फ्लुएन्जाको भाइरसलाई चलाख मानिन्छ किनभने यसले वर्षेनी आफ्नो रुप फेरिरहेको हुन्छ । यसले गर्दा कहिलेकाही इन्फ्लुएन्जाको कडा खालको प्रकार निस्कने र अघिल्लो वर्षका भन्दा बढी आक्रान्त बनाउने खालको हुन सक्छ, जसले गर्दा थुप्रै मानिसहरुलाई संक्रमित बनाउन तथा जटील खालका लक्षणहरु देखापर्न सक्छ । त्यसो त भाइरसमा नियमित रुपमा हुने यस्ता परिवर्तनहरु साना र अपर्याप्त हुन्छन् जुन प्रक्रियालाई ‘एन्टिजेनेटिक ड्रिफ्ट’ भनिन्छ । युनिभर्सिटी अफ साउथ क्यारोलिनाका स्कुल अफ पब्लिक हेल्थका असिस्टेन्ट प्रोफेरस मेलिसा नोलानका अनुसार, ‘भाइरसमा हुने सामान्य परिवर्तका बाबजुद त्यस वर्षको फ्लु भ्याक्सिनले बिरामीलाई जोगाउनका लागि प्रभावकारी नै हुन्छ ।’

‘तर कतिपय अवस्थामा फ्लुको भाइरस एउटा दुर्लभ खाको ‘एन्टिजेनेटिक सिफ्ट’को प्रक्रियामा जान्छ, जसले गर्दा यसअघि मानव शरीरले कहिल्यै नभोगेको भाइरसको नयाँ खालको प्रजाति देखापर्छ’ उनी भन्छिन् ।

डा. मार्गोट सभोय यसलाई बल्क पार्टीसँग तुलना गर्छन् । हाम्रो शरीरले कुन भाइरस कतिखेर देखापर्छ भन्ने र कुन भाइरसलाई बाहिर पठाउने भन्ने जान्दछ । तर जब भाइरस पूरै नयाँ रपमा देखापर्छ, शरीरका ‘बाउन्सर’हरु अर्थात् इम्युन सिस्टमलाई कुन भाइरसलाई खोज्ने र बाहिर खेद्ने भन्ने थाहा पाउनै गाह्रो पर्छ । हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता अर्थात् इम्युन सिस्टमले चिन्न नसक्दा त्यस्ता भाइरसहरुले शरीरमा सजिलै प्रवेश गर्न पाउँछ ।

अहिलेको फ्लु सिजनका भाइरसमा चाहिँ त्यस्तो एन्टिजेनिक सिफ्ट देखिएको छैन । तर त्यस्तो एन्टिजेनिक सिफ्ट विगतमा कैयन पटक देखिइसकेका छन् र सबैभन्दा पछिल्लो पटक सन् २००९ मा एचवाइएनवान भाइरसमा देखिएको थियो । सीडीको रिपोर्टअनुसार त्यसरी एन्टिजेनिक सिफ्ट भएर नयाँ रुपमा देखापरेको भाइरसका विरुद्धमा मानिसमा प्रतिरोधी क्षमता नभएकै कारण त्यो बेला त्यो भाइरसको संक्रमणले महामारीको रुप लिएको थियो ।

सिएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप