विचौलियाको काम गरेको अभियोगमा ५ जना पक्राउ
शुक्रबार, १७ माघ २०७६, १२ : ३५
![विचौलियाको काम गरेको अभियोगमा ५ जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest-pakrau-handcuff-jail_fnrOCbJnR7.jpg)
ललितपुर । ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात कार्यालयमा बिचौलिया काम गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।
कुसुन्ती बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप घर भएका ३१ वर्षीय राजकुमार दुलाल लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त कार्यालयमा बिचौलिया काम गरी सेवाग्राहीहरुलाई हैरानी दिएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।