बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानबाट ११ जुवाडे समातिए

शुक्रबार, १७ माघ २०७६, १२ : २९
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । ललितपुर महानगरपालिका-३ झम्सीखेलबाट ६ जुवाडे पक्राउ परेका छन् ।  द वर्गर हाउसमा जुवातास खेलिरहेको अवस्थामा वर्गर हाउसका संचालक ३७ वर्षीय तेज बहादुर तामाङ लगायत ६ जनालाई नगद ३ लाख ७० हजार रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१८ नवलपुर बस्ने मिनराज घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका-५ बस्ने ३४ वर्षीय तिलक पुन लगायत ५ जनालाई  प्हरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ३७ हजार ५ सय ४० रुपैयाँ बरामद भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

 यसबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप