शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर एक्लै आयो ‘दि कर्मा’

शुक्रबार, १७ माघ २०७६, १२ : २६
शुक्रबार, १७ माघ २०७६

काठमाडौं । केही सातायता नयाँ फिल्म रिलिजका लागि निर्माताहरु तछाडमछाड गर्न छोडेका छन् । सायद, त्यसैले पनि होला केही सातायता फ्राइडे रिलिज अन्तरगत एकमात्र फिल्म रिलिज हुन थालेका छन् ।

फ्राइडे रिलिजको परम्परा धान्दै यो साता अर्थात आज शुक्रबारबाट एकमात्र फिल्म ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । देशभर एकल रिलिजको अवसर पाएको यो फिल्म देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

परमिता आरएल राणा, करण वर्मा, नीता ढुङ्गाना, बुद्धी तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको मुख्य अभिनय रहेको फिल्म जयराज रायले निर्माण गरेका हुन् ।

चलचित्र सेन्सरबोर्डबाट पिजी सटिफिकेट पाएको फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना बिषयको रुपमा उठाएको छ ।

अभिनेत्री परमिताले नेगेटिभ भुमिका निर्वाह गरेको यो फिल्म   जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । रायसँगै श्रीदेव बि.एल. र नीशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप