शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुष सांसदले छाउगोठ भत्काएको भन्दै आक्रोश पोख्दा संसदमा हाँसोले गुञ्जयमान

शुक्रबार, १७ माघ २०७६, १२ : २४
शुक्रबार, १७ माघ २०७६

प्रतिनिधिसभाको शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनीहरुले छाउगोठ, विमानस्थल निर्माणका क्रममा दिइने मुआब्जा र सार्वजनिक शौचालयबारे ध्यानाकर्षण गराएका हुन् । 

बैठकका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काइएकोमा गम्भीर आपत्ति जनाए । 
उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिँडेको आरोप लगाए । छाउगोठको नाममा सरकारले आफूहरुको घर भत्काएको उनको आरोप छ । 

‘हाम्रो गाँउ घरतिर उखान छ । काम नपाए बुहारी कुकुरको पुच्छर कन्याउ । अहिले हाम्रो गृहमन्त्रालय यस्तै छ । छाउ गोठको नाममा घर भत्काइएका छन् । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ?’ उनको प्रश्न छ । 

‘८ जना मान्छे होटलमा मृत्यु भएको छ । होटल भत्काउँदै हिँड्ने ? हजारौ मान्छेहरु बसमा मृत्यु भएको छ, बस भत्काउँदै आगो लगाउदै हिँड्ने ? यो पनि तरिका हुन्छ ? चाँहिदो काम गर्नुपर्यो नि । जिल्लामा जाने नुन, औषधी बेचिएको छ । त्यत्रो भ्रष्टाचार भएको छ उनीहरुलाई समाउनुछैन । पुलको बेहाल छ बाटोको बेहाल छ ,उनीहरुलाई समाउनु छैन । ठेकदार कहाँ छ कहाँ छ थाहा छैन, तीनलाई कारवाही गर्नु पर्दैन ? स्कुलको अवस्था के छ । अस्पतालको अवस्था के छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काईयो । अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने ? के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन यसले ?’महतले सरकारलाई प्श्न तेस्र्याए । 

उनले छाउगोठ भत्काएकोप्रति आफ्नो भनाई राख्दै गर्दा प्रतिनिधिसभा बैठक हासोले गुञ्जयमान भएको थियो । छाउगोठको अन्त्य गरिनुपर्ने भनेर कुरा उठाउने महिला सांसदहरुले नै हासो थाम्न सकेका थिएनन । 

सुन्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आ आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत क्षेत्रको ध्यानाकर्षण गराएका छन् ।

सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरे ।

‘पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्र
हण गर्ने कुरा सत्य हो ? उचित मुआब्जा दिइन्छ कि दिईदैन ? अब थप अधिग्रहण गर्ने कार्यक्रम छ कि छैन ? एरपोर्टको तल्लो क्षेत्रमा रहेको  हजारौ हेक्टर जग्गाको सिंचाईको व्यवस्था के हुन्छ ? परियोजनाको वातावरण अध्ययन मुल्यांकन प्रतिवेदन किन सार्वजनिक गरिदैन ?’ विस्तृत प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनले मध्य पहाडी लोकमार्ग कास्कीको रुदीखोलादेखि भैंसे सम्मको टेण्डर किन रोकिएको भनेर प्रश्न गरे । ‘यो तुरुन्त खुलाईयोस् । रुपाताल परियोजनाको सम्पुर्ण कार्य सञ्चालन गरियोस्’ उनको माग छ ।
 
त्यसैगरी सांसद आशा कुमारी बिकले काठमाण्डौ महानगरभित्र रहेका ६० मध्ये २० वटा मात्रै सञ्चालनमा रहेको भन्दै मापदण्डयुक्त शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद इन्दु कुमारी शर्माले चुरे दोहन उत्खनन् रोक्न माग गरिन् । 

सांसद उमा रेग्मीले बाजुरा जिल्ला छेडेदह गाउपालिका निवासी २२ बर्षका हेम बहादुर राउतलाई पक्राउ गरि कोटेश्वर प्रहरी वृत्तमा रहेको अवस्थामा मृत्यु भएको भन्दै घटनाबारे अध्ययन गर्न छानविन समिति गठन गर्न माग गरिन् । 

उनले दोषीलाई कारवाही गरि पीडितलाई क्षतिपुर्ति उपलब्ध गराउन माग गरिन् ।
सांसद कुमारी तुलसी थापा हिउँदे बालीमा तुसारो र बेमौसमी पानीले खेती बालीलाई नोक्सानी पुगेको भन्दै किसानलाई राहतको व्यवस्था गर्न माग गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप