सैफले करीनाको तारिफ गर्दै भने, ‘बेबोलाई पाएर निकै भाग्यमानी ठान्छु’
शुक्रबार, १७ माघ २०७६, १२ : ०५

बलिउड अभिनेता सैफ अली खानले पछिल्लो समय निकै व्यस्त रहेका छन् । उनी व्यस्त मात्रै छैनन् चर्चामा पनि उत्तिकै आइरहेका छन् । ‘तानाजी’ फिल्मको सफलतापछि सैफ झनै चर्चामा आएका छन् ।
यसैक्रममा विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका सैफले करीनासँगको सम्बन्धको विषयमा खुलेर कुराकानी गरेका छन् ।
सैफले करीनालाई पाएकोमा आफूलाई निकै भाग्यमानी ठान्छन् । उनले करीनाले काम र साथीलाई सधै अलग राखेर व्यवहार गर्ने बताएका छन् । चाहे खाना बनाउन होस्, घरमा साथीहरुसँग मस्ती गर्न, कुनै पनि देशमा कटेज रेन्ट गर्नको लागि जे कुराको लागि पनि करीना निकै सिपालु भएको बताएका छन् ।
सैफले करीना र आफूबीच थुप्रै समानताहरु भएको पनि खुलाएका छन् । उनले करीना निकै समझदार भएकाले पनि उनीसँग जीवन बिताउन सहज भएको बताएका छन् ।