शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुध बेच्न हिँडेकी मनमायालाई टिपरले किच्यो, छेपेटार तनावग्रस्त

शुक्रबार, १७ माघ २०७६, १० : ५१
शुक्रबार, १७ माघ २०७६

गोरखा । गोरखा आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । कुहिरोको कारण बाटो पनि राम्रोसँग देखिएको थिएन । मानिसहरु छिट्टफुट्ट हिँडिरहेका थिए । 

यस्तैमा गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ दूध बेच्न भन्दै घरबाट बिहान ६ बजे नजिकैको छेपेटार बजारतर्फ लागिन् । बाटोमा गाडीहरु छिट्टफुट्ट चलिरहेको थियो । 

छेपेटार जाने बाटोमा गोरखकाली क्रसर छ । क्रसरमा लोड÷अनलोड गरिएको टिपर पनि ओहोरदोहोर गरिरहेको थियो । तर, शुक्रबार पौने ७ बजेतिर क्रसरको छेउबाट हिँडिरहेकी मनमायालाई टिपरले ठक्कर दियो । 

ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । टिपरको ठक्करबाट मनमायाको घटनास्थलमै मृत्यु भएको हो वा कोइन अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

ग१ख ८०२७ नम्बरको टिपरले मनमायालाई किचेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुवेद खतिवडाले जानकारी दिए । बाक्लो कुहिरोको कारण बाटो राम्रोसँग नदेखेपछि टिपरले ठक्कर दिएको हुनसक्ने डीएसपी खतिवडाको भनाइ छ । 

डीएसपी खतिवडाको अनुसार मनमायाको मृत्युपछि आक्रोशित स्थानीयले क्रसरमा रहेका २० भन्दा बढि टिपरहरुको सिसा फुटाइदिएका छन् । यस्तै ६ वटा एक्साभेटर समेत तोडफोड गरेका छन् । 

टिपर चालक प्रहरीको नियन्त्रणमा र भीड नियन्त्रणको प्रयास भइरहेको डीएसपी खतिवडाले बताए । यतिबेला घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । 

क्रसर उद्योग बन्द नगरेसम्म मनमायाको शव नउठाउने स्थानीयवासीको अडान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप