शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिभाइडरमा ठोक्किएर जिप पल्टियो, एक जनाको मृत्यु

शुक्रबार, १७ माघ २०७६, १० : ४१
शुक्रबार, १७ माघ २०७६

पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुर्लीचोकमा बिहीबार राति जिप पल्टिँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन् ।

गण्डकबाट वीरगंजतर्फ जाँदै गरेको बा१५च ७७७१ नम्बरको जिप राति सवा ११ बजे सडक डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । 

जिपमा सवार बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीका १६ वर्षीय आकास पटेल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप