शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१५ हजार घुससहित समातिए रेन्जर

बिहीबार, १६ माघ २०७६, २१ : ०६
बिहीबार, १६ माघ २०७६

काठमाडौँ । महोत्तरीस्थित जलेश्वरनाथ सवडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर राम अशिष यादव १५ हजार घुससहित पक्राउ परेका छन् । 

स्थानीयको ट्रयाक्टर नियन्त्रणमा लिई विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

उनलाई घुस लिइसकेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप