शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अग्नी फाउण्डेसनको सहयोगमा शिक्षण अस्पतालमा पीआइसीयू र एनआईसीयू पुनर्निर्माण हुने

बिहीबार, १६ माघ २०७६, १९ : ०५
बिहीबार, १६ माघ २०७६

काठमाडौं– नेपालका लागि महिन्द्रा सवारी साधनहरूका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको अग्नि फाउण्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण÷सुधारका लागि पूर्ण आर्थिक तथा अन्य सहयोग प्रदान गरेको छ ।

त्रीवी शिक्षण अस्पतालस्थित बाल चिकित्सा विभागअन्तर्गत पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण÷सुधारको कार्य सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउण्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशकसुुसन वैद्य श्रेष्ठले १६ माघ २०७६ का दिन पुनर्निर्मित बाल चिकित्सा विभागको संयुक्त रूपमा उदघाटन गरेका छन् ।

उद्घाटनका क्रममा अग्नि फाउण्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुुसन वैद्य श्रेष्ठले भनिन्, “एनआर्ईसीयूले समय नै नपुगी जन्मिएका तथा जन्मिँदा निकै कम तौल भएका वा विशेष हेरचाह गरिनु पर्ने स्वास्थ्य अवस्था भएका नवजात शिशुका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।

पिआईसीयूमा केहि दिन भन्दा बढी रहेका शिसुकै वरिपरि सबै पल सँगै रहनु भनेको शारीरिक तथा मानसिक रूपमा तनाव हुने हुँदा पिआईसीयूको सकारात्मक वातावरणसहितका सुविधाहरू, उचित हेरचाह र औषधोपचारले आमाबुवालाई अझ राम्रोसँग बालबालिकाको हेरचाह गरेर सम्पूर्ण परिवार सँगै घर फर्कने योजनामा सक्षम तुल्याउँदै परिवारको तनाव कम गर्न मद्दत गर्न सक्छ । हामी सदैव बालबालिकाकौ स्वास्थ्य र पारिवारिक मूल्यमान्यताहरूप्रति चिन्तित छौं । त्यसैले यस असल कार्यका लागि शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा खुसी छौं ।” 

त्रिवि शिक्षण अस्पतालको बाल चिकित्सा विभागका प्रमुख प्रा. डा. लक्ष्मण श्रेष्ठ भने, “नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) बिमारी तथा समय नपुगी जन्मिएका शिशुहरूको उपचारका लागि स्थापित विशेष इकाई हो भने बाल सघन उपचार कक्ष (पीआईसीयू) गम्भीर रुपमा बिमारी भइ अस्पतालमा भर्ना भएका शिशु, बालबालिका र किशोरकिशोरीको विशेष हेरचाहका लागि स्थापित क्षेत्र हो ।

शिक्षण अस्पतालको नवस्थापित एनआईसीयू र पीआईसीयूले गहन हेरचाह आवश्यकता पर्ने शिशुहरूलाई उचित किसिमको एनआईसीयू सुविधा उपलब्ध गराउनेछ तथा आमाबुवा (विशेष गरी आमाहरू)लाई अझ बढी सहयोग गर्नेछ । हामीसँग योग्य कर्मचारी तथा उपकरणहरू छन्, जसले बच्चा र अभिभावक दुवैलाई सहयोग गर्छन् र उनिहरुको एनआईसियु र पीआईसीयूको बसाइ अवधिमा आवश्यक पर्ने बच्चाहरूको गहन निगरानी, औषधोपचार तथा नर्सिङ हेरचाहका लागि सुनिश्चितता प्रदान गर्छ ।”

शिक्षण अस्पतालको बाल तथा नवजात शिशु सघन उपचार कक्षहरूको पुनर्निर्माण÷सुधार गर्ने क्रममा अग्नि फाउण्डेसनले ‘अग्नि विंग’ को नाममा अस्पतालमा भर्ना भएका बालबालिकाको अभिभावक र आगन्तुकहरुका लागी प्रतिक्षा कक्ष निर्माण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप