शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको नयाँ प्रोडक्ट ‘वैदेशिक रोजगारी कर्जा’ संचालनमा

बिहीबार, १६ माघ २०७६, १८ : ५९
बिहीबार, १६ माघ २०७६

काठमाडौं– प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रोडक्ट सूरु गरेको छ । 

प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु  बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउनेछन । 

प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहुँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार  र काम गर्न जान चाहने व्यक्ती एवं तिनको परिवारले यसबाट  अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप