नेकपामा अब बरिष्ठ नेता २ जना
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा पेश भएको प्रसताव पारित भए अबदेखि दुई जना बरिष्ठ नेता हुनेछन् । बुधबारबाट सुरु भएको बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा नेकपामा दुई बरिष्ठ नेता राख्न प्रस्ताव गरिएको छ । यसअघि नेकपामा एकजनामात्रै बरिष्ठ रहेका थिए । बरिष्ठ नेता को हुने भन्नेमा सो पार्टीमा विवाद नै भएको थियो ।
विवादपछि नेता झलनाथ खनालले बरिष्ठको पद पाएका थिए । त्यस्तै पौडेलको प्रस्तावमा उपाध्यक्षको समेत व्यवस्था गरिएको छ । प्रस्तावित विधान संशोधन प्रस्तावमा विधानको ‘धारा १८ (घ) १ को साविक व्यवस्थाको सट्टा दुई अध्यक्ष, दुई बरिष्ठ नेता, एक उपाध्यक्ष, एक प्रवक्ता र महासचिवसहित ४४१ सदस्यीय कमिटी भन्ने उल्लेख गर्ने’ प्रस्ताव गरिएको छ । यो प्रस्ताव पास भए अबदेखि नेकपामा दुई अध्यक्षसहित दुई बरिष्ठ नेता रहनेछन् । जसमा नेता माधव नेपाल थपिने निश्चित जस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण