शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माघ १९  देखि विराटनगरमा बुध्द एयरको रात्रिकालीन उडान

बिहीबार, १६ माघ २०७६, १३ : २०
बिहीबार, १६ माघ २०७६

बुध्द एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालीन उडानलाई पुनः सञ्चालन गरेको छ । यसअघि मौसम तथा भिजिविलटीका कारण उडान स्थगित गरेको थियो ।

फेब्रअरी 1 देखि (18 माघ) काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान 7:35 मा गर्न लागेको बुध्द एयरले जनाएको छ ।

यो उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकि विराटनगर फर्किने यात्रुहरुलाई  फाइदा पुग्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

कम्पनीको वेवसाईट www.buddhaair.com र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक छुट पनि पाईने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप