शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेशी व्यापारीको हत्यामा संलग्न मियाँ पक्राउ, आर्थिक लेनदेन नै हत्याको कारण

बिहीबार, १६ माघ २०७६, १३ : ११
बिहीबार, १६ माघ २०७६

काठमाडौँ । साताअघि राजधानीको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिक मोहद्दिन अहम्मदको हत्यामा संलग्न सिरहाको लहानबाट पक्राउ परेका छन् । 

अहम्मदको हत्यामा संलग्न उनकै साथी दुल्लाह मियाँ ९ दिनपछि भारत भाग्दै गर्दा पक्राउ परेका हुन् । महनगरीय प्रहरी परिसरबाट खटिएको टोलीले अहम्मदका साथी मियाँलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका मिँयालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले बताएको छ । अहम्मदको गत माघ ७ गते सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या भएको थियो । 

मोहद्दिन अहम्मदका भाइले सञ्चालन गर्दै आएको ट्राभलमा काम गर्थे मियाँ । प्रहरीका अनुसार मियाँ बङ्गलादेशको राजधानीमा ढाकामा रहेको ओसन ट्राभल एण्ड टुर्सका सुपरभाइजर हुन् ।

मृतक अहम्मदको ढाकामै सनवे ट्राभल एण्ड टुर्स छ । बेला–बेला मृतकका भाइ र मियाँको आर्थिक लेनदेनको विषयमा विवाद हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । 

वैदेशिक रोजगारीमा मान्छे पठाउने विषयमा मृतक अहम्मद र मियाँबीच विवाद भइरहन्थ्यो । सोही विवादलाई लिएर मियाँले अहम्मदको हत्या गरेको हुनसक्ने प्रहरीको दावी छ ।

क्यासिनो खेल्नकै लागि ४५ वर्षीया मोहिद्दिन अमहद ढाकाबाटै ६ माघमा पछिल्लो पटक काठमाडौँ आएका थिए । उनी पहिला पनि पटक–पटक आउने गरेको पाइएको छ ।

माघ ७ गते क्यासिनो जाने योजना बनाएका अहम्मदले बंगलादेशबाट साथी मियाँलाई पनि सँगै काठमाडौँ ल्याएका थिए । हिमालयन एयरलाइन्सको सिट नम्बर १० को सी र डी सिटमा बसेर उनीहरु नेपाल आएका थिए । 

हत्या गरेपछि दुल्लामिँया फरार भएका थिए । तर होटलले भने ८ गते मात्र प्रहरीलाई खबर गरेको थियो । 

मियाँले ह्वीस्कीको बोतलले टाउको र घाँटीमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । सीसीटिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले उनी भारत भाग्न लागेको जानकारी पाएपछि सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप