बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघको नयाँ नेतृत्वमा राजीव ढुंगाना

बिहीबार, १६ माघ २०७६, १२ : ५२
बिहीबार, १६ माघ २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति घोषणा गरेका छन् । 

२०७५ फागुन १ गते बसेको केन्द्रीय समिति बैठकको निर्णय र पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम देउवा ११ महिना १८ दिनपछि नेविसंघ तदर्थ समिति ल्याएका हुन् । 

समितिको अध्यक्षमा सुनसरीका राजीव ढुंगाना र महामन्त्रीमा काठमाण्डौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरले जिम्मेवारी पाएका छन् । 

१२७ सदस्यीय समितिमा आज देउवाले आफ्नो तर्फबाट अध्यक्ष र दुई महामन्त्रीसहतिको समिति घोषणा गरेका हुन् ।

तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र  गरिने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेविसंघमा सभापति देउवा पक्षबाट सभापतिसहित ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एक जना कोषाध्यक्ष र ४० जना सदस्य रहनेछन् । 

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३५ सदस्य रहनेछन् । यता कृष्णप्रसाद सिटौला पक्षबाट २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य रहेछन् । 
यता नेविसंघका विषयमा उपसभापति विजय गच्छदारको समूहसँग छुट्टै डिल हुनेछ । तदर्थ समिति बनिसकेपछि गच्छदार समूहलाई एउटा महामन्त्रीसहित केही सदस्यलाई दिइनेछ ।

उक्त समितिलाई आजको मितिले ६ महिनाभित्र नेवि संघका १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ । 


१२ औं मधिवेशनसम्म नेवि संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने दिइएको छ । 

साथै तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् । 

तर ११ औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेवि संघको आगामी १२ औं महाधिवेशनमा भाग लिन पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप