सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वमै सबैभन्दा बढी ट्राफिक जाम बेंगलुरुमा, शीर्ष १० मा भारतकै चार सहर

बिहीबार, १६ माघ २०७६, १२ : १५
बिहीबार, १६ माघ २०७६

काठमाडौँ । सवारी आवागमनका दृष्टिले भारतको बेंगलुरु सहर विश्वकै सबैभन्दा खराब सहरका रुपमा अंकित भएको छ ।

यस सहरमा सन् २०१९ मा ‘पिक आवर’ मा यात्राका क्रममा मानिसले करिब २४३ घण्टा जाममा बिताउनु परेको थियो ।

नेदरल्याण्डको नेभिगेसन कम्पनी ‘टम टम’ ले जारी गरेको वार्षिक ट्राफिक प्रतिवेदनमा बेंगलुरु सहरको ट्राफिक व्यवस्था सबैभन्दा खराब पाइएको उल्लेख छ ।

बेंगलुरुमा ३० मिनेटको यात्रा पुरा गर्नका लागि ७१ प्रतिशतभन्दा अतिरिक्त समय लागेको जनाइएको छ । बेंगलुरुको ट्राफिक जाममा खेर गएको समयलाई रोचक ढङ्गले प्रतिवेदनमा तुलना गरिएको छ । जसअनुसार

बेंगलुरुमा ‘पिक आवर’को समयमा ट्राफिक जाममा एक जनाले बिताएको वार्षिक अवधिलाई एक साथ जोड्ने हो भने उसले १३९ वटा फुटबल म्याच हेर्न भ्याउँछ । 

यतिमात्र होइन, भारतका अन्य तीन सहर पनि उक्त सूचीको शीर्ष १० मा परेका छन् । खराब ट्राफिक व्यवस्था भएका सहरको शीर्ष १० मा भारतका चार सहर छन् । जसमा बेंगलुरुको अतिरिक्त मुम्बई, पुणे र दिल्ली छन् ।
बेंगलुरु पहिलो नम्बरमा रहँदा मुम्बई चौथो नम्बरमा छ । यस्तै, पुणे पाचौँ र नयाँ दिल्ली आठौँ नम्बरमा छन् ।

‘पिक आवर’मा मुम्बईमा सन् २०१९ मा मानिसले औसत रुपमा २०९ घण्टा जाममा बिताउनु परेको थियो भने पुणेमा ‘पिक आवर’मा वर्षमा १९३ घण्टा जाममा बिताउनु परेको थियो ।

ट्राफिक व्यवस्थामा विश्वकै खराब सहरको सूचीमा फिलिपिन्सको मनिला दोस्रो नम्बरमा र कोलम्बियाको बोगोटा तेस्रोमा छ ।

मुम्बई र पुणे क्रमशः चौथो र पाचौँमा रहँदा रुसको मस्को रिजन छैटौँ, पेरुको लिमा सहर सातौँ नम्बरमा छ । दिल्ली आठौँ नम्बरमा रहँदा टर्कीको इस्तानबुल नवौँ र इन्डोनेसियाको जकार्ता १० औँ नम्बरमा छ ।

सवारी साधनको संख्या बढ्दै जानु, सडकको क्षेत्रफल बढ्न नसक्नु जस्ता कारणले सवारी साधन जाम हुने गरेको अध्ययनको निष्कर्ष छ । सवारी जाम कम गर्नका लागि ‘कार सेयरिङ’ अर्थात निजी कारमा समेत यात्री राख्न सक्ने व्यवस्था भएमा सडकमा सवारी साधनको भिड कम हुन सक्ने सुझाव समेत दिइएको छ ।

यो सर्वेक्षणका लागि विश्वका विभिन्न ५७ मुलुकका ४१६ सहरमा अनुसन्धान गरिएको थियो ।

टमटमका अधिकारी वर्नर भेन हायस्टिनका अनुसार नीति निर्धारण गर्नेहरुले यातायातको स्तर र प्रभावलाई सही विश्लेषण गर्दै उपलब्ध सबै संशाधनको उपयोग गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप