सुटिङको क्रममा शाहरुखलाई पुलिसले गरेका थिए पक्राउ, मलमूत्र भएको जेलभित्र बिताए पूरा रात
हुन त बलिउडमा स्टार्सको पुलिस थानासँग पुरानो नाता भइसकेको छ । आजकाल कोही न कोही नायकमाथि यस्ता घटना घटित भइरहेका छन् जसका कारण उनीहरुले जेलको चिसो छिँडिमा रातसमेत बिताउनु पर्छ । संजय दत्तदेखि सलमान खानसम्मका सेलिब्रिटीलाई जेल जानबाट कसैले पनि रोक्न सकेका छैनन् । यसैबीच चर्चित अभिनेता शाहरुख खानले पनि एकपटक आफ्नो व्यवहारका कारण जेलमा बास बस्नु परेको छ । आखिर शाहरुख खान किन जेल जानुपर्यो, त्यसबारे जानकारी लिऔं ।
हालै शाहरुख खान एउटा कार्यक्रममा पुगे । त्यतिबेला उनले आफ्नो जीवनसँग सम्बन्धित विभिन्न रोचक किस्साबारे खुलासा गरे । त्यतिबेला उनले आफूलाई पुलिसले पक्राउ गरेको घटनाबारे पनि सुनाए ।
उक्त कार्यक्रमका बेला शाहरुख खानलाई थुप्रै वर्षअघि एक म्यागजिनमा छापिएको लेखबारे सोधियो जसमा उनी जेल जानुपर्ने कारण लुकेको थियो । तब शाहरुख खानले यसबारे खुलासा गर्दै म्यागजिनमा छापिएको एक लेख पढेपछि आफूलाई अत्यधिक रिस उठेको र रिसमा उनले म्यागजिनका सम्पादकलाई फोन गरेर धम्कीसमेत दिएको बताए । उनले गाली गर्दा सम्पादकले आफूलाई यसका लागि कूल रहन र ‘उक्त लेखलाई मजाकको रुपमा लिन’ आग्रह गरेको पनि उनले बताए ।
सम्पादकले त्यस्तो भनेपछि आफू सिधा म्यागजिनको कार्यालयमा गएर उनीमाथि रिस पोख्दै गाली गलौच गरेको पनि शाहरुखले जानकारी दिए ।
शाहरुखका अनुसार उक्त घटना भएको भोलिपल्ट सुटिङ हुँदै गर्दा सेटमा पुलिस आए र उनलाई आफूसँग जान भने । यहाँ रोचक कुरा के छ भने त्यतिबेला शाहरुखले ती पुलिसकर्मी उनका प्रशंसक भएको र सुटिङको सेटमै आफूलाई भेट्न आएको र आफूसँगै जान निम्तो दिइरहेको ठाने । तर आफूबारे तथानाम लेख्ने म्यागजिनका सम्पादकको ऊजुरीपछि उनलाई पक्राउ गरिएको भन्ने थाहा पाएपछि उनी झसङ्ग भए ।
यसबारे शाहरुखले जानकारी दिए, ‘पुलिसले मलाई पक्राउ गरेर एउटा सेलमा हाले । मैले पहिलो पटक सेल देखेको थिएँ जुन निकै सानो थियो । त्यहाँ निकै फोहोर थियो । त्यहाँ मल मूत्र पनि देख्न सकिन्थ्यो ।’
शाहरुखले एक रात उक्त जेलमा बिताए । त्यसको भोलिपल्ट उनी जमानतमा रिहा भए ।
कुन कुराले रिसाएका थिए शाहरुख ?
सन् १९९३ मा रिलिज भएको फिल्म ‘माया मेमसाहब’ को दृश्य उद्धृत गर्दै उक्त म्यागजिनमा शाहरुख बारे केही लेखिएको थियो जसका कारण उनी रिसाएका थिए । वास्तवमा शाहरुखले फिल्म निर्देशककी श्रीमतीसँग एक लभ सीन क्रिएट गर्नु थियो । ९० को दशकमा यस्तो सीनलाई निकै बोल्ड मानिन्थ्यो । उक्त फिल्मको सीनबारे म्यागजिनमा लेखिएको थियो, ‘फिल्मका निर्देशक केतन मेहताले शाहरुख खानलाई आफ्नी श्रीमतीसँग एक रात बिताउन भनेका थिए । यस्तो गर्दा उनीहरुले एकअर्कालाई चिन्ने र त्यसपछि लभ सीन सुट गर्न सजिलो हुन्छ भन्ने निर्देशकको मान्यता थियो ।’
यो लेख पढेपछि शाहरुखलाई रिस उठ्यो । त्यसपछि उनी म्यागजिनको अफिस गएर लेखकलाई ज्यान मार्ने धम्कीसमेत दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताको महत्त्व नै बुझाउन सकेनन् : उपप्रधानमन्त्री सिंह
-
एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
पाँच महिनामा एक अर्बभन्दा बढीको सिमेन्ट भारततर्फ निर्यात
-
ख्रीष्टमसको अवसरमा राक्सिराङमा २ दिन सार्वजनिक बिदा
-
पुष्पाले तोड्यो बाहुबलीको रेकर्ड