कुणाल भर्सेस अर्नब : कुणालमाथिको प्रतिबन्ध कति जायज ?

इन्डिगोको विमानमा स्ट्यान्डअप कमेडियन कुणाल कामराले टेलिभिजन पत्रकार अर्नब गोस्वामीसँग गरेको व्यवहारको विषयमा यतिबेला सामाजिक सञ्जालमा बहस चलिरहेको छ ।
अर्नबलाई निशाना बनाउँदै कुणाल कमाराले विमानमा भिडियो बनाएर उनीमाथि प्रश्न गरेकोमा धेरैले उनको आलोचना गरेका छन् । तर, त्यहीँ कुणालको समर्थन गर्ने जमात पनि रहेको छ ।
उनीहरुले अर्नब गोस्वामीको टिभी च्यानल ‘रिपब्लिक’ को एक भिडियो सेयर गरेका छन् जसमा उक्त च्यानलको रिपोर्टरले आरजेडी नेता तेजस्वी यादवलाई विमान त्यस्तै प्रश्न गरेको देख्न सकिन्छ ।
Dear Journalist, It’s easy to abuse politicians but difficult to live their life. We don’t hv any privacy anywhere but u hv. We are into a great thankless job of serving people & u r in bootlicking job of pleasing ur paymasters. Who’s brat of Whom country knows it inside out? https://t.co/eJiifxKxHP
— Tejashwi Yadav (@yadavtejashwi) January 29, 2020
त्यही पुरानो भिडियाको आधारमा उनीहरुले कुणालको बचाऊ गरिरहेका छन् । कुणालको समर्थन गर्नेमा भारतीय कँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी पनि रहेका छन् ।
The ban imposed on #kunalkamra by 4 airlines is the act of a coward leveraging his influence with the Govt to silence a critic.
— Rahul Gandhi (@RahulGandhi) January 29, 2020
Those who use their "news" cameras as 24x7 tools of propaganda, should show some spine when the camera is turned on them. https://t.co/NNwVcq4ZOj
मङ्गलबार साँझ कुणाल र अर्नबको भिडियो सार्वजनिक भएपछि ‘इन्डिगो एयरलाइन्स’ सँगसँगै सरकारी विमान कम्पनी ‘एयर इन्डिया’ले पनि कुणाल कमारालाई आफ्नो विमानमा यात्रा गर्नबाट ६ महिनाका लागि प्रतिबन्ध गरेको छ । स्पाइसजेट र गो एयरले पनि कुणालमाथि प्रतिबन्ध लगाएको छ ।
अहिले प्रश्न उठिरहेको छ कि कुनै विमान कम्पनीले एक यात्रुमाथि यस्तो प्रतिबन्ध लगाउन मिल्छ कि मिल्दैन ? नियम–कानुन के भन्छ ?
भारतका विमान कम्पनीहरु नागरिक उड्डयन मन्त्रालय अन्तरगत नागरिक उड्डयन महानिदेशालय अर्थात् डीजीसीएले बनाएको नियम अनुसार काम गर्छ । मङ्गलबार नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्वीट गर्दै कुणाल कामराको व्यवहार भड्काउने किसिमको भएको बताउँदै विमान कम्पनीहरुले उनीमाथि प्रतिबन्ध लगाउनुपर्ने कुरा राखेका थिए । एउटा यो कारणले पनि कुणालमाथि यति चाँडै कारवाही भएको हो ।
डीजीसीएका अनुसार यदी कुनै यात्रीले विमानमा अन्य कुनै यात्रीसँग मारपीट गर्छ, धम्काउँछ वा गाली गर्छ भन्ने विमानको नियम १६१ अनुसार उनलाई एक वर्षसम्म जेल सजाय हुनसक्छ ।
यदी यस्तै घटना पाइलट वा चालक दलका कुनै सदस्यसँग गरिएमा योभन्दा सख्त कारवाही गरिने पनि उल्लेख छ ।
तर, डीजीसीएको दिशा–निर्देशका अनुसार कुणालले उडानको दौरान भिडियो बनाएर नियमको उल्लङ्घन गरेका छन् किनभने उडानको दौरान अरुको निजताको हनन गर्नु, भिडियो बनाउनु या उसको असुविधाको कारण बन्नु नियमको उल्लङ्घन मानिन्छ ।
यद्यपि, यही नियमअन्तरगत भाजपा सांसद प्रज्ञा ठाकुरमाथि कुनै पनि कारवाही भएन । उनीमाथि एक घण्टा विमान ‘डिले’ गरेको आरोप छ ।
डीजीसीएका अनुसार यदी कुनै पनि यात्रुले विमानस्थलमा राखिएको विमानमा यो नियम उल्लङ्घन गर्छ भने, विशेष गरेर चालक दलका कुनै पनि सदस्य या पाइलटसँग, उनीहरुको उजुरीको आधारमा यात्रुलाई पक्राउ पनि गर्न सकिन्छ ।
सन् २०१७ को मार्चमा एयर इन्डियाको एक कर्मचारीमाथि चप्पल प्रहार गरेको आरोपमा शिवसेनाका सांसद रवीन्द्र गायकवाडमाथि फेडरेसन अफ इन्डियन एयरलाइन्स (एफआईए) ले प्रतिबन्ध लगाएको छ ।
एफआईएमा इन्डिगो, स्पाइस जेट र गो एयर शामिल छन् ।
तब एयर इन्डिया र एफआईएका सदस्यले सरकारसँग विमानमा गलत व्यवहार देखाउनेमाथि अझ स्पष्ट नियम कानून बनाउन र कडा सजायको व्यवस्था गर्न माग गरेका थिए ।
विमान कम्पनीहरुसँग छलफलपछि सन् २०१७ को सेप्टेम्बरमा नागरिक उड्डयन मन्त्रालयले त्यस्ता यात्रुका लागि नयाँ नियम बनाएको थियो ।
त्यतिबेला विज्ञहरुले नियमहरुको आलोचना पनि गरेका थिए । विशेष गरेर यात्रुहरुमाथि प्रतिबन्ध लगाउने अधिकार विमान कम्पनीहरुलाई छाडिएकोमा उनीहरुले आपत्ति जनाएका थिए । ६ महिनादेखि २ वर्षसम्मको प्रतिबन्धन ठूलो अन्तराल भएको र यसरी विमान कम्पनीहरुले यसको गलत प्रयोग गर्न सक्ने कुरा औँल्याएका थिए ।
यतिबेला प्रश्न उठाइएको छ – कुणाल कमारामाथि आकर्षित हुने कानून अर्नब गोस्वामीको टिभी रिपोर्टर र भाजपा सांसद प्रज्ञा ठाकुरमाथि किन लागु भएन ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता
प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी
१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
गरुड पुराण लगाउने पण्डित बन्न आएका भैरव रिसाल कम्युनिस्ट र पत्रकार बने
तीन वर्षभित्र १३ लाख धनीपुर्जा वितरण गरिन्छ : अध्यक्ष रिजाल