शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

अत्यधिक दोहनका कारण चुरे विनाश हुँदै

बिहीबार, १६ माघ २०७६, ०९ : ५२
बिहीबार, १६ माघ २०७६

अत्यधिक दोहनका कारण चुरे विनाश भइरहेकाले त्यसलाई रोक्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । 

बुधबार यदुवंशी उत्थान समाज नेपालले आयोजन गरेको कार्यक्रमका सहभागीले तत्काल चुरे विनाश रोक्न पहल नगरे भयावह स्थिति निम्तिने खतरा रहेको औँल्याए ।  

पूर्व सहसचिव उमेश्वरनाथ गंगोलले देशभर चुरे विनाश बढ्दै गएकामा चिन्ता प्रकट गरे । उनले चुरे विनाश रोकथाम सरकारको मात्र नभएको र त्यसलाई रोक्न स्थानीयवासीको सक्रियता आवश्यक भएको बताए । 

समाजका महासचिव रामदरेश रायले पूर्वी तराईमा चुरे संरक्षणमा सक्रिय व्यक्ति तस्करको निसाना बनिरहेकोमा चिन्ता व्यक्त गरे । 

संरक्षणकर्मी इन्दिरा कोइरालाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए । वातावरण विज्ञ भुवन गिरीले ढुङ्गा गिट्टी बालुवा उत्खनन अत्यधिक भइरहेको र त्यसबाट चुरे विनाश बढ्दै गएको बताए । 

कार्यक्रममा संरक्षणकर्मी अम्बिका गौतम, अञ्जु यादव, राजीव देव, सिन्धु भट्ट, श्यामसुन्दर यादव, शोभा गिरीलगायतले चुरे संरक्षणमा आवश्यक पहल गर्न सरकारसँग माग गरेका थिए । सो अवसरमा समाजले नेपाल पिछडापर्व महासङ्घको विद्यार्थी सङ्गठनका अध्यक्ष प्रकाशमणि राउतलाई सम्मान गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप