रियल म्याड्रिड क्वार्टरफाइनलमा
रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्पार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल जारागोजालाई उसैको मैदानमा ४–० गोलले हरायो । एकपक्षीय खेलमा रियलले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो ।
राफेल भरानेले छैटौं मिनेटमा गोलगर्दै रियललाई अग्रता दिलाए । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । लुकास भाजक्वीजले ३२औं मिनेटमा दोस्रो गोल गरे । ७२औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई जितको नजिक पुर्याए । ८०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई सजिलै जिताएका थिए । करिमले ड्यानी कार्भाजलको पासमा गोल गरेका थिए ।
अन्य खेलमा रियल सोसिएडाडले ओसासुनालाई ३–१, ग्रानाडाले सिडी बाडाजोजलाई ३–२, भिल्लारियलले रायोभालेकानोलाई २–० र भ्यालेन्सियाले लियोनेसालाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह