बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुन प्राणीले कति मसिनो सुन्न सक्छ ?

बिहीबार, १६ माघ २०७६, ०२ : ००
बिहीबार, १६ माघ २०७६

मान्छेको कानले कम्तिमा ३० हर्ज तरंगको मसिनो आवाजलाई सुन्न सक्छ । त्यसैगरी, मान्छेले अधिकतम २० हजार  हर्ज तरंगको आवाज सुन्न सक्छ । त्यो भन्दा माथिल्लो तरंगको आवाज यति सानो हुन्छ कि त्यसलाई मान्छेको कानले सुन्न सक्दैन ।

तर कतिपय जनवारहरुले त्योभन्दा माथिल्लो तरंगलाई पनि सुन्न सक्छन् ।

कुकुरलाई ३० हजार हर्ज तरंगको आवाज पनि सुन्न सक्छ । कुकुरले मान्छेको कानले नसुन्ने गरी सिटी बजाउछ ।

अझ, चमेरोले त १ लाख हर्ज तरंगको आवाज पनि सुन्न सक्छ । डल्फिन ह्वेल माछाहरुले मान्छेको कानले समात्न नसक्ने तरंगको आवाज निकालेर अन्य डल्फिन, ह्वेलमाछाहरुसँग सन्देश आदान प्रदान गर्ने गरेको प्रमाण वैज्ञानिकहरुले फेला पारेका छन् ।

मान्छेको कानले सुन्न नसक्ने यस्तो उच्च तरंग भएको आवाजलाई अल्ट्रासाउण्ड (Ultrasound)  भनिन्छ ।

Title photo: https://askabiologist.asu.edu

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप