नाडाल क्वार्टरफाइनलबाटै बाहिरिए
बुधबार, १५ माघ २०७६, २१ : २३
१
एजेन्सी । विश्व नम्बर एक टेनिस स्टार राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।
मेलबर्नमा बुधबार भएको क्वार्टरफाइनलमा नाडाल अष्ट्रेलियाकै डोमिनिक थिमसँग पराजित भए । ३३ वर्षीय नाडाललाई पाँचौं वरियताका थिमले ७–६, ७–६, ४–६, ७–६ को सेटमा हराए ।
थिमले सेमिफाइनलमा जर्मनीका एलेक्जेन्डर जेभरेभसँग खेल्ने छन् । जेभरेभले स्वीस खेलाडी स्टानिलास वावरिन्कालाई १–६, ६–३, ६–४, ६–२ को सेटमा हराएका थिए ।