केन्द्रीय संस्करण

सुदूरपश्चिम–११ र पिएफए सेमिफाइनलमा

person explore access_timeमाघ १५, २०७६ chat_bubble_outline0
सांकेतिक तस्बिर

प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम—११ स्पोट्स क्लब र पिएफए विजयी भएका छन् । स्थानीय जुगेडा मैदानमा आज भएको खेलमा सुदूरपश्चिम–११ स्पोर्टस क्लबले हसनपुर युवा क्लबलाई ५–० गोलले पराजित ग-यो ।

सुदूरपश्चिमको जितमा विदेशी खेलाडी ग्लोरीले ह्याट्रिकसहित चार गोल गरे । यस्तै भरत टमटाले एक गोल थपे । यो जितसँगै सुदूरपश्चिम—११ स्पोट्स क्लब सेमिफाइनलमा पुगेको छ । आजै भएको अर्को खेलमा पिएफए अत्तरियाले फारवेष्ट पशुपति युवा क्लबलाई २–० गोलले पराजित ग-यो । पिएफएका लागि जीवन चौधरीले दुई गोल गरे । जितसँगै पिएफए अत्तरिया पनि सेमिफाइनलमा पुगेको छ । ‘भिडब्लु प्रदेशस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता’ नाम दिइएको यो प्रतियोगिताको महिला तर्फका खेल भने यही माघ १७ देखि शुरु हुन लागेको आयोजकले जनाएको  छ ।

प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ७  टिमले प्रतिस्पर्धा गर्न लागेका छन् । प्रतियोगिताको पुरुष तर्फको विजेतालाई रु ७५ हजार, उपविजेतालाई रु ४१ हजार पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै महिला तर्फको विजेतालाई रु २० हजार उपविजेतालाई रु १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.