
बालुवा र परालले पुरेको अवस्थामा युवकको शव भेटियो

मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा एक युवकको शव भेटिएको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वालको शव फेला परेको प्रहरीले जनाएको छ ।
माघ ९ गते घुम्न भन्दै मे १०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका कट्वालको शव केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो ।
विराटनगर महानगरपालिका– ४ मा युवकको हत्या गरी केसलीया खोलापारि फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार कट्वाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ