बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कामना सेवाको डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा

बुधबार, १५ माघ २०७६, १९ : ११
बुधबार, १५ माघ २०७६

काठमाडौं–  कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै यही माघ १४ गतेदेखि लागू हुनेगरी डबल डिपोजिट मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।

डबल डिपोजिट मुद्दतीखाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन । यस प्रकारको मुद्दतीखाता खोल्नका लागि न्यूनतम रु १ लाख हुनुपर्नेछ । 

यसैगरी बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने हुंदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप