शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकेटमार नाइकेको अर्को धन्दा हतियार देखाएर चन्दा असुली

बुधबार, १५ माघ २०७६, १८ : २७
बुधबार, १५ माघ २०७६

काठमाडौँ । केही समयअघि लागुऔषध मुद्दामा पाँच वर्ष सजाय भुक्तान गरी जेलमुक्त भएका सिन्धुपाल्चोक जुकुल गाउँपालिका–३ का सुमन श्रेष्ठ (ज्यापु)ले व्यापारीलाई धम्काएर जबरजस्ती चन्दा आतङ्क मच्चाउन थालेका छन् ।

श्रेष्ठले सिन्धुपाल्चोकका ठेकेदारहरुलाई हतियार देखाएर ज्यान मार्ने धम्की दिँदै जबरजस्ती रकम उठाउने गरेको व्यावसायीको गुनासो छ । श्रेष्ठको गतिविधिले सिन्धुपाल्चोकका व्यापारी आजित भएका छन् । 

नाम बताउन नचाहेका सिन्धुपाल्चोकका एक निर्माण व्यवसायीले रातोपाटीसँग भने, ‘मागेको रकम दिन पर्ने रे, नदिए तेरो परिवारको के होला भन्ने हतियार देखाउने उसको त्रासले बाहिर निस्कन मुस्किल समेत भयो ।’

परिवारलाई मार्ने धम्की दिएका कारण श्रेष्ठविरुद्ध पीडितहरु प्रहरीमा उजुरी गर्ने डराउने गरेका छन् । श्रेष्ठले सस्तोमा सुन र डलर छ भन्दै विभिन्न व्यक्तिलाई एकान्तमा बोलाउने अनि हतियार देखाएर भएको रकम र सरसामान लुटपाट समेत गर्ने गरेको पाइएको छ ।

श्रेष्ठ पाकेटमार समूहका नाइके पनि हुन् ।

उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा समूह नै बनाएर श्रेष्ठले पाकेटमारीको धन्दा सञ्चालन गर्दै आएको प्रहरीले यसअघि नै खुलासा गरेको थियो । श्रेष्ठलाई प्रहरीले पटक–पटक पटके कारवाही गरेको थियो ।

श्रेष्ठले सिन्धुपाल्चोकका युवाहरुलाई काठमाडौँ ल्याएर आफ्नो समूहमा समावेश गरी पाकेटमारी, चोरी लुटपाट जस्ता कार्यमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

श्रेष्ठको गतिविधिमाथि प्रहरीले समेत निगरानी बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप