शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय कार्यबाहक राजदूतले भेटे सभामुख

बुधबार, १५ माघ २०७६, १७ : ४३
बुधबार, १५ माघ २०७६

काठमाडौँ। नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । 

कार्यबाहक राजदूत अजय कुमारले बुधबार सभामुखको कार्यकक्षमै पुगेर शिष्टाचार भेटघाट गरेका हुन् । 

आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख सापकोटालाई कार्यबाहक राजदूत अजय कुमारले भेटका क्रममा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । 

 भेटमा उनले सभामुख सापकोटालाई नेपाल भारत सम्बन्ध विभिन्न आयामहरु संग्रहित पुस्तक पनि उपहार दिएका थिए । 

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले उमेरहदका कारण अवकाश पाएपछि भारतले नेपालमा नयाँ राजदूत पठाइसकेको छैन । 

यद्यपी भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्राको नाम सिफरिस गरेको छ । यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख सापकोटासँग भेट गरी सफल कार्यकालको शुभकामना दिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप