कमल थापाको ६ पृष्ठ लामो प्रतिवेदन अनुमोदन
बुधबार, १५ माघ २०७६, १७ : २५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन अनुमोदन गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकले थापाको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी ६ पृष्ठ लामो प्रतिवेदन पारित गरेको हो।
पारित भएको सो प्रतिवेदन शुक्रबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिने राप्रपा पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा महामन्त्री भास्कर भद्राद्धारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्धारा आर्थिक प्रतिवेदन पेश भएको छ । उक्त प्रतिवेदनहरु पनि केन्द्रीय समितिको बैठकमा पेश हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस