बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा तालिवानी लडाकूको आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

बुधबार, १५ माघ २०७६, १६ : ३१
बुधबार, १५ माघ २०७६

एजेन्सी । तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ ।

‘बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको प्रयोग गरी आर्ची जिल्लाको सदरमुकाममा आक्रमण गरेका र घटनामा १२ सैनिक र एक प्रहरीको घटनास्थलमा नै मृत्यु भएको छ,’ प्रान्तीय परिषद्का सफिउल्लाह अमिरीलाई उद्धृत गरी स्थानीय एरिआना न्यूज टेलिभिजनले बताएको छ ।

घटनामा आठ सैनिक र चार प्रहरी घाइते भएका र उनीहरूलाई उपचारका लागि पठाइएको छ । आर्चीका जिल्ला प्रमुख नसरूद्दिन नाजारी सादीले उक्त घटनामा १५ तालिवानी विद्रोहीको मृत्यु भएको र पाँच लडाकू घाइते भएका बताएका छन् । भिडन्त करिब चार घण्टासम्म भएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप