चीनलाई घेरा हाल्न अमेरिकाले इन्डो–प्यासिफिक रणनीति ल्यायो, तर एमसीसी होइनः नेकपा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले संयुक्त राज्य अमेरिकाले विश्वमा आफ्नो प्रभुत्त्व कायम राख्न नयाँ नयाँ रणनीतिको विकास गरिरहेको बताएको छ ।
यसैक्रममा अमेरिकाले हिन्द महासागर वरिपरिको शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्न सैन्य रणनीतिका रुपमा इन्डो प्यासिफिक रणनीति अघि बढाइरहेको नेकपाले केन्द्रीय समितिमा पेश भएको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तर, नेकपाले राजनीतिक प्रतिवेदनमार्फत हाल बहसमा रहेको मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) इन्डो–प्यासिफिक रणनीति नभएको दावी गरेको छ । प्रतिवेदनमा नेकपा र नेकपा नेतृत्वको सरकार कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने स्पष्ट पारेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा भनिएको छ, ‘यदि सैन्य रणनीतिकै रुपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारको कुनै पनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्दैन ।’
यद्यपि नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी अमेरिका लगायत संसारका सबै देशहरुसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न भने नेपाल सधैँ तत्पर रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘चीन र भारतका बीचमा हुनुको नाताले देशको समग्र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुबैसँग असल छिमेकी सम्बन्ध कायम राख्दै स्वतन्त्र एवम् आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका निमित्त सकारात्मक पहल बढाउनु, दुबै छिमेकीको तीव्र आर्थिक विकासबाट लाभ लिने आर्थिक कूटनीतिमा अगाडि बढ्नु र मुख्य रुपमा देशको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’
असंलग्न विदेश नीतिका आधारमा सबैसँग मित्रता कायम गरी आफ्नो राष्ट्रिय स्वतन्त्रता एवम् जनताको आर्थिक समृद्धिको चाहना पूरा गर्न चाहेको पनि नेकपाको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण