नेकपाले विशेष अभियान चलाउने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता, कार्यकर्ता र संगठित सदस्यहरुको योजनाबद्ध परिचालन गर्न विशेष अभियान चलाउने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी केन्द्रीय समिति बैठकमा पार्टी एकता, सुदृढिकरण र सम्मृद्धिका लागि राष्ट्रिय अभियानअन्र्तगत समस्त पार्टी पंक्तिको एकीकृत परिचालनका लागि विशेष अभियान चलाउने प्रस्ताव गरिएको हो ।
‘पार्टी एकताको तत्कालीक एवं दीर्घकालीन महत्व जनतामा स्थापित गर्न, राजनीतिक स्थायित्व एवं सामाजिक–आर्थिक रुपान्तरणद्वारा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा कार्यान्वयन गर्न र सुदृढ संगठन एवं फराकिलो जनाधार निर्माण गर्दै सरकारले गरेका सकारात्मक कामहरुबारे जनतामाझ सन्देश सम्प्रेशण गर्न र पार्टी पंक्तिमा नयाँ गतिशिलता सिर्जना गर्न विशेष अभियान सञ्चालन गर्न लगिएको हो,’ नेकपाका अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्षद्वयका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमा अभियानको मुल नारा ‘समृद्ध नेपाल सुखी नेपाली’को आधार– सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार तय गरिएको छ ।
अभियान अन्र्तगत २०७६ फागुन १ देखि १५ सम्म प्रदेश जिल्ला र स्थानीय कमिटीहरुले बैठक बसी अभियानको कार्ययोजना बनाउनुपर्नेछ ।
त्यस्तै फागुनमसान्तसम्म पार्टी तथा जनवर्गीय सङ्गठनहरु केन्द्र, जिल्ला, र पालिका तहमा कार्यकर्ता भेला आयोजना गरी अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
चैत र वैशाख महिनामा केन्द्रीय सङ्गठन विभागको योजना र निर्देशन अनूरुप सङ्गठित सदस्यता नविकरण गर्नुपर्नेछ ।
नेकपाले २०७७ जेठ मसान्तसम्ममा घरदैलो, पदयात्रा, टोल भेला, र टोलसभा गर्नेछ । असार महिनाको अन्तिमसम्म पालिकास्तरमा जनर्यालीसहित जनसभाहरु गर्ने उल्लेख छ ।
पार्टी, पार्टी एकता, पार्टी नेतृत्व र नेकपाको सरकारलाई कमजोर बनाउन भएका सबै प्रकारका गतिविधि र षड्यन्त्र प्रतिपाद गर्ने नेकपाले योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण