नेपाल–लग्जेम्बर्ग विदेशमन्त्रीस्तरीय वार्ता
काठमाडौं । नेपाल र लग्जेम्बर्गबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता भएको छ । नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलबीच परराष्ट्र मन्त्रालयमा जारी द्विपक्षीय वार्तामा आपसी हित र चासोका विविध विषयका साथै साझा चासोका क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा पनि विचारविमर्श भइरहेको बताइएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
वार्तामा युरोपेली सङ्घ तथा लग्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापा, नेपालका लागि लग्जेम्बर्गका राजदूत जिन क्लाउडी कुगनेरसहित दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी रहेका थिए । लग्जेम्बर्गले नेपालको शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण एवं विकासका लागि संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घमार्फत विकास सहायता उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो
-
सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा
-
अगाडि बढ्ने सम्भावना देखेर म प्रधानमन्त्रीको पदमा बसिरहेको छु : प्रधानमन्त्री प्रचण्ड
-
मेस्सीको खेल हेर्न दर्शकको ओइरो, एक महिना अघि नै ६० हजार टिकट बिक्यो