केन्द्रीय कमिटी बैठक चल्दाचल्दै अध्यक्षलाई परराष्ट्रमन्त्रीको ‘चिट’
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक चलिरहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एउटा ‘चिट’ आइपुगेको थियो । त्यो चिट बैठक छाडेर बाहिरिनु परेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्ष दाहाल ‘प्रचण्ड’लाई पठाएका हुन् ।
पार्टीको बैठक छाडेर बीचमा हिँड्नुपरेपछि मन्त्री ज्ञवालीले आफू एउटा औपचारिक कार्यक्रममा जानु पर्ने भएकाले बैठकमा सहभागी भइरहन सम्भव नभएको व्यहोरा लेखिएको चिट पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएका थिए ।
मन्त्री ज्ञवाली बुधबार केन्द्रीय कमिटी बैठक बसिरहेको समयमा बाहिरिएर लक्जेमवर्गका समकक्षी जिन एसलवर्नसँगको द्विपक्षीय भेटवार्तामा सहभागी हुन परराष्ट्र मन्त्रालय गएका थिए ।
लक्जेमवर्गका समकक्षी जिन एसलवर्नको सम्मानमा मन्त्री ज्ञवादीले बुधबार नै दिवाभोजसमेत आयोजना गरेका छन् ।
नेपाल र लक्जेमवर्गबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन लक्जेमवर्गका विदेशमन्त्री जिन एसलवर्न नेपाल आएका हुन् ।
दुई मन्त्रीबीचको भेटमा द्विपक्षीय हितको बारेमा छलफल भएको परराष्ट्रमन्त्रीले जानकारी दिएका छन् ।
Foreign Minister Hon. Mr. Pradeep K. Gyawali held official talks with H.E. Jean Asselborn, Minister for Foreign and European Affairs of Luxembourg. The two ministers exchanged views on all aspects of bilateral relations and agreed to work together in areas of common interests. pic.twitter.com/8zIhYkWut0
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) January 29, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कीर्तिपुरको नमुना मतपत्र
-
श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
-
४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?