शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वुहानमा प्रकोपले उत्पन्न गराएको डरमाझ सहरबासी एक अर्कालाई हौसला बढाउँदै

बुधबार, १५ माघ २०७६, १५ : ३१
बुधबार, १५ माघ २०७६

चीनको वुहानमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ । जसका कारण सहरका सार्वजनिक यातायातसमेत बन्द गरिएको छ । 

कैयौं मानिसहरुले घरभित्र बसेर रोगको संक्रमणबाट आफूलाई जोगाउन खोजिरहेका छन् । 

तर यो कठिनाइको समयमा मानिस एकआपसमा हौसला बढाइरहेको भिडियो सामाजिक संजालमा व्यापक सेयर भइरहेको छ ।  

फ्ल्याट र एपार्टमेनटका झ्यालबाट एक अर्कोलाई हौसला बढाइरहेका ती भिडियोमा ‘वुहान जियायू’ चिल्लाएको सुनिन्छ र लगत्तै अन्य मानिस पनि त्यही भनेर जवाफ दिन्छन् । 

‘वुहान जियायू’को अर्थ ‘अगाडि बढिरहनु’ वा ‘आफूलाई बलियो राखौं’ भन्ने हुन्छ । चीनमा अहिले देशैभर समाजिक संजालमा पनि वुहान जियायू ट्रेण्डिङमा छ ।  

म्यासेज र पोस्टमा मानिसहरु वुहानलाई धैर्यता राख्न र सम्पूर्ण देशको साथ रहेको बताइएका छन् । 

यसबीच केही मानिस घरमा खाना बनाएर या होटलको खाना किनेर कोरोलाप्रकोपविरुद्ध खटिएका स्वास्थ्यकर्मी र प्रशासनका अन्य मानिसको लागि पठाइरहेका छन् । 

बेइजिङ न्यूज साइटका अनुसार, वुहानमा कैयौं अस्पतालमा भोजनको कमी महसुस गरिँदैछ । यस कमीलाई पूर्ति गर्न केही स्वास्थ्यकर्मी २४ घण्टा काम गर्छन् । 

मानिस तिनको सहयोगको लागि पनि अगाडि आइरहेका छन् । 

चीनमा कोरोनाभाइरसबाट मर्नेको संख्या बढेर १३२ पुगिसकेको छ । संक्रमितको संख्या बढ्नेक्रम बढिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप