बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता संशोधन विधेयकको विरोधमा आज ‘भारत बन्द’

बुधबार, १५ माघ २०७६, १४ : ५३
बुधबार, १५ माघ २०७६

नयाँदिल्ली । आज छिमेकी देश भारतमा देशव्यापी हड्तालको आह्वान गरिएको छ । नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टरको विरोधमा ‘भारत बन्द’को आह्वान गरिएको हो ।

यो बन्दको आह्वान बहुजन क्रान्ती मोर्चाले गरेको हो । मोर्चालाई एनआरसी–सीएएको विरोध गर्ने अन्य संगठनहरुले पनि सहयोग गरेका छन् । 

बन्दको कारण भारतीय राज्यले सुरक्षाको कडा इन्तजाम गरेका छन् । भारत बन्दको विहारमा मिश्रित असर परेको छ । कैयौं स्थानमा रेल आवगमनलाई समेत प्रदर्शनकारीले अवरोध पु¥याएका छन् । राष्ट्रिय राजमार्गका पनि विभिन्न हिस्सामा प्रदर्शनकारी भेला भएर बाटो बन्द गराइरहेका छन् । 

उत्तर प्रदेशको गोण्डा जिल्लामा बन्दको आंशिक असर देखिन्छ । त्यस क्षेत्रमा प्रहरी गस्ती लगाइरहेको छ । भारत बन्द मुख्यत सीएए, एनआरपी र इलेक्ट्रोनिक भोटिङ मेसिनको विरोधमा आह्वान गरिएको हो  ।

बिहारको धेरै जिल्लामा विहानदेखि वामदलका कार्यकर्ता सडकमा उत्रिएको देखिएको थियो । ती सडक जाम गरेर नारावाजी गरिरहेका देखिए । 

भारत बन्दको दौरान राँचीमा सुरक्षाको व्यापक इन्तजाम गरिएको छ । प्रहरी मुख्यालयले सबै जिल्लालाई अलर्ट गरिदिएको छ र गस्ती बढाउने निर्देशन दिएको छ । यति मात्र होइन, जिल्लाका संवेदनशील क्षेत्रमा विशेष नजर राख्न निर्देशन पनि दिइएको छ । 

मुम्बईमा समेत नागरिकता संशोधन कानून र राष्ट्रिय नागरिकता रजिस्टरविरुद्ध प्रदर्शनको दौरान बहुजन क्रान्ती मोर्चाका सदस्यले कन्जुरमार्ग स्टेशनमा रेलवे मार्गर्लाइ बन्द गरेका छन् । 

बुहजन क्रान्ती मोर्चाको भारत बन्दलाई देखाएर राज्यको सुरक्षाको व्यापक व्यवस्था गरिएको छ । संवेदनशील क्षेत्रमा विशेष नजर राख्ने निर्देशन दिइएको छ । 

मंगलबार भारतीय ट्वीटर प्रयोकर्तामाझ ‘भोली भारत बन्द’ भन्ने विषय ट्रेण्डमा थियो । धेरैले बन्दकर्ताको नाम रहेको पोस्टर पनि शेयर गरिरहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप