क्युबा र जमैकाबीचको समुद्री इलाकामा शक्तिशाली भूकम्प
हवाना । जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ, तर उक्त भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन ।
भूकम्पको धक्का मेक्सिकोदेखि अमेरिकाको फ्लोरिडासम्मको विशाल क्षेत्रमा अनुभव गरिएको थियो । भूकम्पको केन्द्रविन्दु जमैकाको १३९ किमी टाढा उत्तरपश्चिम मोन्टेगो बे क्षेत्रमा केन्द्रित रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार अपराह्न २ः१० बजे गएको थियो । भूकम्प समुद्रको भित्री सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।
क्युबाको राष्ट्रिय भौगर्भिक सेवाका प्रमुख डा.एनरिक आराङ्गो आरियासले क्युबामा कुनै गम्भीर क्षतिको खबर प्राप्त नभएको बताए ।
उक्त भूकम्पका शक्तिशाली परकम्पहरु केम्यान द्वीपमा पनि अनुभव गरिएको थियो । यी परकम्पहरु करिब ६.१ म्याग्नीच्यूडसम्मका रहेका थिए । लगातारका परकम्पका कारण स्थानीय विद्यालयहरु बुधबार बन्द गरिएका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ