शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक जना घाइते

बुधबार, १५ माघ २०७६, १३ : ५४
बुधबार, १५ माघ २०७६

जनकपुर । धनुषामा सवारी दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित गोदारमा बा६४प ३०४७ नम्बरको मोटरसाइकल र स१च १८५८ नम्बरको भ्यान एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

प्रहरीका अनुसार दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीय प्रमिला साहको मृत्यु भएको हो । उनीहरुका १० वर्षीय छोरा जोन कुमार साह सामान्य घाइते रहेको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप