कलाकार संघको सहयोगार्थ ‘दि कर्मा’को च्यारेटी
काठमाडौं । अभिनेत्री परमिता आर.एल.राणा अभिनित फिल्म यही शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको मंगलबार च्यारेटी शो गरिएको छ ।
नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ आयोजित च्यारेटी शोमा धेरैले फिल्म र अभिनेत्री परमिता आर.एल. राणाको अभिनय मनपरेको प्रतिक्रिया दिए ।
देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जयराज रायले निर्माण गरेका हुन् । कलाकार संघले आर्थीक सहयोग जुटाउन खोजिरहेको थाहा पाएपछि आफुले फिल्मको च्यारिटी गर्न दिएको निर्माता रायले बताए ।
उनले भने ‘कलाकार संघलाई फिल्म मार्फत सहयोग गर्न पाउनु निकै गर्वको कुरा हो ।’
कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले च्यारिटीको लागि हलमा रिलिज नहुँदै ‘दि कर्मा’ दिएर निर्माण युनिटले ठुलो सहयोग गरेको बताए । ‘च्यारिटीलाई फिल्म निशुल्क दिने निर्माता पनि भेटिने रहेछ’ खड्काले थपे ‘यो सहयोग कलाकारसंघले कहिल्यै बिर्सने छैन ।’
शोमा कलाकार तथा निर्माण युनिटका उपस्थिति रहेको थियो ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘दि कर्मा’को कथा निर्माता जयराज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सहनिर्माताको रुपमा रहेकी छन् ।
फिल्ममा परमिताको अलवा बुद्धी तामाङ, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, संगीता नापित, अनुप सक्सेना लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति