शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आमाले दुई महिने छोरीलाई मुखमा टेप बाँधेर हत्या गरिन्, शव नालीमा फ्याँकिन्

बुधबार, १५ माघ २०७६, १३ : ३४
बुधबार, १५ माघ २०७६

भारतको कोलकातामा ३५ वर्षकी एक महिलाले आफ्नी दुई महिने छोरीको हत्या गरेकी छिन् । महिलाले सुरुमा बालिकाको अनुहार सेलोटेपले बेह्रिदिइन् जसका कारण सास फेर्न नसकेपछि उनको मृत्यु भयो । पछि उनले बालिकाको शवलाई घर नजिकैको नालीमा फ्याँकिदिइन् । महिलालाई अहिले पुलिसले पक्राउ गरेको छ । पुलिसले महिला पोस्टपार्टम डिप्रेशनको शिकार भएको हुनसक्ने अनुमान गरेको छ ।

के हो पूरा मामला ?

टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार महिला आफ्नो परिवारसँग कोलकाताको सिआइटी रोडस्थित एक अपार्टमेन्टमा बस्थिन् । २६ जनवरीमा बालिकाका लागि केही धार्मिक कार्यक्रमको आयोजना गरिएको थियो । महिलाका श्रीमान् र सासु घरमा पूजा गर्न पण्डित बोलाउन मन्दिर गएका थिए । महिलाका ९ वर्षका छोरा पनि उनीहरुसँगै गएका थिए । उनका ससुरा पनि कुनै काम विशेषले बाहिर गएका थिए । महिलाले घरकी सहयोगीलाई कुनै कामसहित बालकनी पठाएकी थिइन् । उनी छोरीसँग कोठामा एक्लै थिइन् । त्यति नै बेला उनले छोरीको मुखलाई टेप बेह्रेर उनको हत्या गरिन् र शवलाई नालीमा फ्याँकिदिइन् ।

महिलाका श्रीमान् जब घरमा आइन् तब उनी बेहोसीको अवस्थामा भेटिइन् र छोरी घरबाट गायब थिइन् । त्यसपछि पुलिस बोलाइयो । महिलाले पुलिसलाई एक अज्ञात व्यक्तिले ढोका ढक्ढकाएको र ढोका खोल्दा ती व्यक्तिले धक्का दिएपछि आफू बेहोस भएको बताइन् ।

पुलिसले सिसिटिभी फुटेज अनुसन्धान गर्दा कोही पनि अज्ञात व्यक्ति देखिएनन् । महिलासँग पुनः सोधपुछ गर्दा उनले छोरीलाई मारेको स्विकार गरिन् । उनले छोरीलाई मार्ने योजना दुई हप्तादेखि गरिरहेको पनि जानकारी दिइन् । छोरीका कारण आफूले आराम नपाएको र राम्रोसँग सुत्नसमेत नपाएको भन्दै उनले छोरीको हत्या गरेको पुलिसलाई जानकारी दिइन् ।

पुलिसले महिला पोस्टपार्टम डिप्रेशनको शिकार भएको वा उनले छोरी नचाहेको हुनसक्ने अनुमान गरेको छ । कुनै अर्को कारण पनि हुनसक्ने बताइएको छ । साथै महिलाको मानसिक स्थितीको अनुसन्धान पनि भइरहेको बताइएको छ । यस्तै, बालिकाको शवलाई नालीमा भेटिएको पनि बताइएको छ ।

के हो पोस्टपार्टम डिप्रेशन ?

गर्भावस्था र सुत्केरी हुँदा महिलाको शरीरमा अत्यधिक शारीरिक, मानसिक र हर्मोनल परिवर्तन हुन्छ । इन्डोक्राइन सिस्टममा हर्मोनल परिवर्तनका कारण महिलालाई पोस्टपार्टम इमोशन हुनसक्छ । यसमा कसैलाई तनाव, पटक पटक रुन मन लाग्नु, दोषी महसुस हुनु र तनाव निम्त्याउने विभिन्न भावना महसुस हुन सक्छ । यो यदि बढेको छ भने डिप्रेशन पनि हुनसक्छ ।

लगभग १५ प्रतिशत महिला पोस्टपार्टम डिप्रेशन हुन्छ । यदि यसको उपचार नगरे यसले तीन वर्षसम्म गाँज्न सक्छ । हामीमध्ये धेरै महिलाले यो महसुस गरेका हुनसक्छौं तर मानिसले यसमा ध्यान नै दिँदैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप